मौसम परिवर्तनसँगै आँखा पाक्ने बिरामी बढे

मौसम परिवर्तनसँगै आँखा पाक्ने बिरामी बढे

तुलसीपुर : राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन्। केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ। यसअघि दैनिक २सयदेखि २ सय ५० सम्म बिरामी आउने गरेकोमा हाल ३ सय ५० देखि ४ सय सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आउने गरेका अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिए।

मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउनेलगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन्। गौतमले भने, 'केही दिनयता आँखा पाक्ने बिरामीको संख्या बढेको छ, जसमा दुई प्रकारको संक्रमण देखिएको छ।'  

ब्याक्ट्रेरियल संक्रमणमा आँखा रातो हुने, चिप्रा लाग्ने र चिलाउने लक्षण देखिन्छ। यो छिटो निको हुन्छ।भाइरल संक्रमणमा आँखा रातो हुने बिझाउने, घाममा हेर्न अफ्ठ्यारो हुने लक्षण देखिने र यो सञ्चो हुन केही दिन लाग्ने उहाँले बताउनुभयो।

विशेष गरी ब्याट्रेरियल संक्रमणले आँखामा त्यति धेरै असर गर्दैन। तर, भाइरल संक्रमणले आँखाको नानी नै असर पार्ने र दृष्टि गुम्न सक्ने खतरा भएकाले त्यस्तो लक्षण देख्नासाथ तुरुन्तै नजिकको आँखा उपचार केन्द्र पुगेर उपचार गराउन चिकित्सकले सुझाव दिएका छन्। 

आँखाजस्तो संवेदनशील अंगको लापर्वाही नगर्न अस्पतालले आग्रह गरेको छ। 'आँखाको समस्या देखिनासाथ अस्पताल आएर जाँच गराउन बिरामीलाई आग्रह गर्दछौँ, 'नेत्र विशेषज्ञ डा. सुरेश रसाइलीले भन्नुभयो। 

उनले आँखा पाक्ने रोगबाट बच्न रोगीले प्रयोग गरेको औषधि, रुमाल, टेबल प्रयोग नगर्ने, दैनिक चार÷पाँच पटक चिसोपानीले आँखा सफा गर्ने, फोहर पानीले आँखा तथा मुख नधुने हो भने आँखा पाक्ने रोगबाट केही हदसम्म बच्न सकिने जानकारी दिए।

हाल आएर केही बिरामीले आफूखुशी औषधि प्रयोग गर्ने र देवीदेउता लागेको भन्दै घरमा झारफुक गर्ने चलन भएकाले त्यस्तो विधि नअपनाउन चिकित्सकले सुझाव दिएका छन्।समस्या देखिने बित्तिकै अस्पताल तथा उपचार केन्द्रमा आउन बिरामीलाई अस्पतालको आग्रह छ। रासस


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.