प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित

प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित

तनहुँ :  परीक्षाको अघिल्लो दिन प्रश्नपत्र हराएपछि देशैभरका निजी इन्स्टिच्युटमा सोमबार सञ्चालन हुने प्राविधिकतर्फको प्रवेश परीक्षा स्थगित भएको छ। सीटीइभीटीले वेबसाईटमा सोमबार बिहान सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएको हो। दमौलीको गण्डकी टेक्निकल ट्रेनिङ सेन्टरका लागि ल्याइएको प्रश्नपत्र बाटोमै हराएपछि परीक्षा स्थगित गरिएको सीटीइभीटीका एक अधिकारी शिवहरि ढकालले जानकारी दिए। 

सोमबारको परीक्षाका लागि आइतबार सेन्टरका शिक्षक प्रेमचन्द्र यादवले प्रश्नपत्र लिएर आएकोमा उनले आफू दुर्घटनामा परेको बताएका थिए। आइतबार दिउँसो साढे ३ बजे डुम्रे नजिकैको पृथ्वी राजमार्गमा दुर्घटनामा परेको बताएका यादवले झोलासमेत नभेटिएको भने पछि खोजी गरिएको थियो।

सोमबार बिहानसम्म पनि प्रश्नपत्रको झोला खोज्न प्रहरी परिचालन गरिएकामा नभेटिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए। घाइते भनिएका चौधरीले मोटरसाइकल दुर्घटनालगत्तै अस्पताल जानु परेको र पछि घटनास्थलमा जाँदा प्रश्नपत्र नभेटिएको बयान प्रहरीलाई दिएका छन्। त्यसपछि प्रहरीले खोजी टोली खटाएको थियो।

दिउँसो २ बजे तय भएको परीक्षाका लागि प्रश्नपत्र बिहानसम्म नभेटिएपछि सीटीइभीटीले वेबसाइटमा सूचना जारी गरेर परीक्षा स्थगित भएको जनाएको हो। देशैभर दिउँसो २ बजे पूर्ण शुल्कीयतर्फ सीएमए, एएनएम, एग्रीकल्चर, जेटिए आदिका लागि प्रवेश परीक्षा लिने तयारी गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.