कर्मचारीद्वारा नगर कार्यालयमा तालाबन्दी

कर्मचारीद्वारा नगर कार्यालयमा तालाबन्दी

गौर : रौतहटको कटहरिया नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको विवाद चुलिएपछि नगरपालिकाले दिने सेवा प्रभावित बनेको छ ।

काम गर्ने वातावरण नभएको भन्दै नगरपालिकाका कर्मचारीहरूले आइतबार कार्यालयमा जनप्रतिनिधिहरूको विरोध गर्दै तालाबन्दी गरेका छन् । साथै स्थानीय प्रशासनसँग सुरक्षाको मागसमेत गरेका छन् । गएको आर्थिक वर्षमा नगर क्षेत्रमा भएका विकास निर्माणलगायत विभिन्न शीर्षकमा भएको खर्च विवरण सार्वजनिक गर्न प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग जनप्रतिनिधिहरूले माग गर्दा विवरण सार्वजनिक नगरी कार्यालयमा आइतबार तालाबन्दी गर्नुपरेको जनप्रतिनिधिहरूले बताएका छन् ।

कटहरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीले आफू सर्लाहीबाट गौर गएकाले कार्यालयमा भएको घटनाबारे जानकारी नभएको बताए । उपमेयरका पत्नी नसरुद्दिन अन्सारी, उपमेयर, केही वडाध्यक्ष र नगरकार्यसमितिका पदाधिकारीविरुद्ध उजुरी गर्दै कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । उपमेयर नुरजहाँ खातुनलगायत केही वडाध्यक्षले खर्च सार्वजनिक गर्न माग गरेका र लेखापाल राजेश्वरप्रसाद कुशवाह र प्रशासकीय अधिकृत रामलाल सहनीले अटेर गरेको आरोप छ ।

विभिन्न शीर्षकमा खर्च भएका रकम पारदर्शी नभएको र जनप्रतिनिधिहरूलाइ झुक्याएर हस्ताक्षर गराइरहेकोले त्यसको विरोध गरेको र खर्च सार्वजनिक गर्न माग गरेको कुनै कर्मचारीलाई धम्की नदिएको उपमेयर नुरजहाँ खातुनले बताएकी छन् । गत आवको खर्च अनुमोदन गर्न कर्मचारीले बैठकमा प्रस्ताव लगेको र जनप्रतिनिधिहरूले पहिले खर्च विवरण देखाउन माग गरेपछि विवाद सुरु भएको हो ।

काम गर्ने वातावरण नभएको र कर्मचारीहरूलाई धम्कीसमेत दिइएकाले तालबन्दी गर्नुपरेको कर्मचारीको भनाइ।

उक्त नगरपालिकाका मेयर सियाराम कुशवाह कारागारमा छन । हत्या आरोपमा मेयर कारागार रहेकाले नगरको कामसमेत प्रभावित हुँदै आएको स्थानीयले बताएका छन् । मेयर नहुँदा नगरपरिषद्समेत हुन सकेको छैन । कार्यालयमा काम गर्ने वातावरण नभएको र कर्मचारीहरूलाई धम्कीसमेत दिइने गरेकाले तालाबन्दी गरेर शान्ति सुरक्षा तथा न्यायको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण गराइएको कर्मचारीहरूले बताएका छन् ।

अनियमितता ढाकछोप गर्न कर्मचारीहरूले विभिन्न बहाना बनाएको केही नगरकार्यसमितिका पदाधिकारीहरू बताउँछन् ।

प्रजिअ गोविन्दप्रसाद रिजालले नगरपालिकामा विवाद भएको र उजुरी परेको बताएका छन् । उपमेयरका पत्नी आलमले कर्मचारीहरूलाई धम्की दिएको गुनासोसमेत कर्मचारीहरूले गरेका प्रजिअ रिजालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.