मेची भन्सारमा एक्सरे मेसिनसहित एकीकृत चेक

मेची भन्सारमा एक्सरे मेसिनसहित एकीकृत चेक

काँकडभिट्टा : पूर्वीनाका काँकडभिट्टामा ‘एक्सरे मेसिन’ सहित एकीकृत चेक प्रणाली सञ्चालनमा आएको छ । मेची भन्सार कार्यालयले चोरी–तस्करी र अवैध ओसारपसार नियन्त्रण गर्न अत्याधुनिक मेसिनसहित भन्सार चेक प्रणाली सुरु भएको हो ।

मेसिन जडान भएसँगै नेपाल–भारत सीमावर्ती नाकामा हुन सक्ने अवैध ओसारपसार नियन्त्रणमा आएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले दाबी गरेका छन् । अर्यालका अनुसार प्रवेशद्वारमा यात्रुलाई सहज तरिकाबाट चेक गर्न र शंकास्पद सामानलाई नियन्त्रणमा लिन मेसिन भन्सार नाकाका लागि उपयुक्त छ ।

भन्सार छली, अवैध सामानको पैठारीलगायत सुरक्षा दृष्टिले यो प्रणाली प्रभावकारी भएको उनले बताए । यो मेसिनको प्रयोगसँगै प्रवेशद्वारमा निर्माण भएको यात्रुशाखा भवनमा मेसिनमा स्क्यान गरेको सामान सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीले संयुक्त रूपमा चेक गर्नेछन् ।

एक्सरे मेसिन सञ्चालनमा ल्याइएसँगै मेची भन्सार कार्यालयको भन्सार जाँच टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाको संयुक्त टोलीले एकै ठाउँबाट चेक गर्न थालेका छन् ।

भारत बंगलादेश, भुटानलगायत तेस्रो मुलुकसँग सम्बन्ध जोडिएकाले यो नाका अति संवेदनशील भएकाले पनि प्रविधि प्रयोगबाट चेक सुरु गरिएको भन्सार कार्यालयले जनाएको छ । नाकामा जडान भएको ‘एक्सरे मेसिन’ ले अवैध हातहतियार बरामद र व्यक्ति पहिचानमा समेत सजिलो हुने प्रहरीको भनाइ छ ।

कानुनले प्रतिबन्ध गरेका वस्तु लागुऔषध, विस्फोटक पदार्थ, हातहतियार, मादकपदार्थलगायत वस्तु यो मेसिनको प्रयोगसँगै पत्ता लगाउन छिटो र सजिलो हुने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपि कृष्ण कोइरालाले बताए । भन्सार विभागबाट दुई वर्षअघि नै मेची भन्सारमा पठाएको यो मेसिन आवश्यक कर्मचारी तथा सीमा क्षेत्रमा राख्ने स्थान अभावले सदुपयोग हुन सकेको थिएन ।

करिव १ करोड मूल्य बराबरको मेसिनमा स्क्यान गरिएको सामानमा भित्र अवैध वस्तु भए तत्काल देखिन्छ । सोहीअनुसार चेक गर्न सहज हुने भन्सार प्रमुख अर्यालले बताए । यसै नाकामा भन्सारको निगरानीमा ३२ वटा सीसी क्यामेरासमेत विभिन्न क्षेत्रमा जडान गरिएकाले तस्करी रोक्न अझै सहज भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.