राँगाभैंसीको यातनापूर्ण ढुवानी रोकिने

राँगाभैंसीको यातनापूर्ण ढुवानी रोकिने

ललितपुरः ट्रकमा यातनापूर्ण पशु ढुवानी गर्न रोक लगाउन सरकारसहित सरोकारवाला निकायबीच सहमति भएको छ । पशुपक्षी अधिकारवादीले पशुको यातनापूर्ण ढुवानी रोक्न माग गर्दै आएका थिए ।

पशु ढुवानी मापदण्ड २०६४ को प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै आएको पशु अधिकारका लागि काम गर्ने संस्था स्नेहाज केयरले पशुको यातनापूर्ण ढुवानीको डकुमेन्ट्री नै निर्माण गरी अभियान चलाएको थियो ।

पशु सेवा विभाग, मासु व्यवसायी, प्रहरी, क्वारेन्टाइन अधिकृत, पशु अधिकारकर्मी सहभागी आइतबारको बैठकले पशुको यातनापूर्ण ढुवानीमा रोक लगाउने निर्णय गरेको हो । बैठकमा एक साताभित्रै निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाइएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा.विमलकुमार निर्मलले पशु कल्याणको विषय अन्तर्राष्ट्रिय मुद्दा भएकाले पशु ढुवानी मापदण्डको कार्यान्वयनमा सरोकारवालाहरू संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘आजैबाट राँगाभैंसीको ढुवानीको अनुगमन गरी कारवाहीको दायरामा ल्याइनेछ ।’

नेपाल पशुपक्षीजन्य व्यवसायी संघका अध्यक्ष राजेन्द्र गोपालीले पशु कल्याण कानुनहरूको पालनामा प्रतिबद्ध रहेको बताए । पशु ढुवानी गर्दा नाक र पुच्छरमा बाँध्ने, सवारीसाधनको क्षमताभन्दा बढी ढुवानी गर्नेलाई निरुत्साहित गर्ने प्रतिबद्धता पशु क्वारेन्टाइन अधिकृतहरुले गरे ।

राँगाभैंसीको कष्टपूर्ण ढुवानीको समाचार प्रकाशित भएपछि राँगाभैंसी ढुवानीसम्बन्धमा धेरैले चासो देखाएका थिए । स्नेहाज केयरकी संस्थापक स्नेहा श्रेष्ठले आइतबारको निर्णयलाई सरकारको जितका रूपमा व्याख्या गरिन् । उनले भनिन्, ‘कष्टपूर्ण तरिकाले ढुवानी गरेको भेटिए राँगा गाडीबाट झारीदिने, डोरीले बाँधिएको छ भने डोरी काटिदिनेलगायत बुँदामा सहमति भएको छ ।

पशु अधिकारका पक्षमा लागेकी उनले यो निर्णयले आफ्नो खुसीको सीमा नरहेको प्रतिक्रिया दिएकी छिन् ।काठमाडौं उपत्यकामा मात्र देशभरबाट दैनिक ७ सयदेखि हजारको संख्यामा राँगाभैंसी मासुका लागि भित्रिन्छन् तर ढुवानी भने अत्यन्त यातनापूर्ण छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.