काठमाडौँ र पोखराबाट चोरिएका मोटरसाइकल चितवनमा, प्रहरीले तीनवटा फिर्ता गर्‍यो

काठमाडौँ र पोखराबाट चोरिएका मोटरसाइकल चितवनमा,  प्रहरीले तीनवटा फिर्ता गर्‍यो

चितवन : प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाले चितवनका विभिन्न स्थानबाट चोरिएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । 

प्रदेश प्रहरी क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चितवनका विभिन्न स्थानबाट असार २५ गते बरामद भएका चोरीका साधनमध्ये तीनथान मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको हो । 

कार्यालयका निमित्त प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बरामद भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

काठमाडौँको पेप्सीकोलाबाट हराएको कालो रंगको १५० सिसीको पल्सर र काठमाडौँकै ठमेलबाट हराएको २०० सिसीको कालो रातो रंगको एनएस पल्सर र पोखराबाट हराएको कालो रातो रंगको २०० सिसीको एनएस पल्सर सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।

चोरिएका ६ वटा मोटरसाइकल वास्तविक नम्बर फेरेर भरतपुरका विभिन्न अस्पताल कम्पाउण्डमा वेवारिसे अवस्थामा पार्किङ गरेको अवस्थामा प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको टोलीले भेट्टाएको थियो । टोलीले त्यसक्रममा चोरी भएको एउटा बोलेरो गाडी पनि बरामद गरेको थियो । 

बरामद भएका अन्य मोटरसाइकलहरुको वास्तविक धनी खोज्ने क्रम भइरहेको थापाले बताए । चोरीमा संलग्नहरुबारे पनि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.