हवाई जहाज र पाटपूर्जा आयातामा २३ अर्ब
काठमाडौं : नेपालले आर्थिक वर्ष २०७४÷०७५ मा भारत र तेस्रो मुलुकबाट २३ अर्बभन्दा बढीको हवाई जहाज र पाटपूर्जा आयात गरेको छ । एक वर्षको अवधिमा २३ अर्ब २३ करोड ४२ लाख १७ लाख ७६ हजार रुपैयाँको हवाई जहाज र पाटपूर्जा आयात गरिएको छ । अघिल्लो आवको तुलनामा यो आयात चार अर्ब रुपैयाँभन्दा बढीको हो ।
आव २०७३÷०७४ मा नेपालले १९ अर्ब ६५ करोड रुपैयाँ बराबरको हवाई जहाज र पाटपूर्जा आयात गरेको थियो । यसैगरी आव २०७२÷०७३ मा नेपालले ११ अर्ब रुपैयाँ बराबरको हवाई जहाज तथा पार्टपूर्जा आयात गरेको थियो । गत आवमा हवाई वस्तुको आयात बढ्नुमा नेपाली हवाई कम्पनीले नयाँ विमान नै प्रमुख कारण हो ।
गत आर्थिक वर्ष मात्रै सरकारी र निजी गरी पाँचभन्दा बढी हवाई सेवा कम्पनीले झन्डै एक दर्जन जहाज भिœयाएका छन् । यसका कारण हवाई जहाज र त्यसको पाटपूर्जा आयात ह्वातै बढेको हो । गत आवमा मात्रै नेपाल एयरलाइन्सले एउटा वाइडबडी र दुईवटा चिनियाँ जहाज आयात गरेको छ । तर, नेवानिले दुईवटै वाइडबडी नेपाल ल्याए पनि दोस्रो जहाज भने चालु आव २०७५÷०७६ मा आउनेछ ।
गत आवमा मात्रै निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध दुई र यतीले एउटा÷एउटा जहाज ल्याएका थिए । बुद्ध र यतीले ल्याएको एटीआर जहाजको प्रतिथान एक अर्ब रुपैयाँ परेको छ । यसैगरी श्री एयरलाइन्सले पनि झन्डै एक अर्ब रुपैयाँ खर्चदै नयाँ सीआरजे जहाज भित्र्यएको छ । विमानकम्पनीबीच आधुनिक र सुविधासम्म जहाज भिœयाउने प्रतिस्पर्धा बढेको हो ।
अघिल्लो आवको तुलनामा यो आयात चार अर्ब रुपैयाँभन्दा बढीको हो ।
नेपालको इतिहासमा जहाज खरिदमा सबैभन्दा बढी रकम खर्च भएको गत आव नै हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज र त्यसको पार्टपूर्जा खरिदमा सबैभन्दा बढी रकम फ्रान्स गएको छ । दोस्रोमा क्यानडा छ । यसबाहेक नेपालले अमेरिका, चीन, भारत, जर्मनी, इटालीलगायत दर्जनभन्दा बढी मुलुकबाट हवाई जहाजका लागि आवश्यक सामग्री आयात गरेको छ ।
पछिल्लो समय निजी हवाई सेवा कम्पनीबीच जहाज भित्र्याउने प्रतिस्पर्धा बढेको छ । आयात रकम बढे पनि हवाई क्षेत्रको विस्तार हुनु राम्रो हो । नेपालमा निर्माणाधीन अन्य तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यो आयात रकम खर्बमा पुग्ने व्यवसायी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !