हङकङमा ‘एभरेस्ट डे’सँगै मोःमो फेस्ट

हङकङमा ‘एभरेस्ट डे’सँगै मोःमो फेस्ट
सुन्नुहोस्

हङकङ : गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ र नेपाली महावाणिज्य दूतावासले संयुक्त रूपमा मे २९ का दिन एभरेस्ट दिवस मनाएका छन्।  कार्यक्रममा वाणिज्यदूत सतीश गुरुङ, याउचिमोङ जिल्ला परिषद् सदस्यहरू, हङकङ विधान परिषद्का सदस्य भिन्सेन्ट चयाङ, एनआरएनए आईसीसीका सदस्यहरू, विद्यार्थी, व्यवसायी, स्थानीय चाइनिजलगायत विदेशी पाहुनाहरूको उपस्थिति थियो।  

सन् १९५३ मेई २९ तारिकका दिन न्युजिल्यान्डका सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्कै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गरेका थिए।  यही साहसिक कार्यको सम्मानस्वरूप हरेक वर्ष एभरेस्ट डे अर्थात् सगरमाथा दिवस मनाउने गरिन्छ।  

‘कठोरताका साथ मृत्युको मुखनजिकबाट जीवन बाँच्दा, सगरमाथाको चुचुरोमा पुगेको एक विजेताले कस्तो अनुभव गर्दछ ?’ भन्ने विषयमा प्यानल छलफल गरिएको थियो।  सत्या गहतराजको सहजीकरणमा नेपाली समुदायको तर्फबाट पहिलो महिला सगरमाथा आरोही एन्जिला राई र अर्का सगरमाथा आरोहि निमा दोर्ची लामाले हिमालका अनुभवहरू सुनाएका थिए।  

कार्यक्रमको अर्को रोचक पक्ष नेपाली समुदायमा चर्चित खाना मोमोलाई हङकङमा प्रवद्र्धन गर्ने हेतु हङकङ बेस्ट मोःमो प्रतिस्पर्धा गरिएको थियो।  एभरेस्ट रेस्टुरेन्ट एन्ड बारले ‘एनआरएनए एचके बेस्ट मोःमो अवार्ड २०२६’ पायो।  

‘हाम्रो गौरवको प्रतिक सगरमाथासँगै खानालाई पनि प्रवद्र्धन गरौं भन्ने साझा भावनाअनुरुप मोःमो फेस्टलाई पनि प्रस्तुत गरेका हौं,’ एनआरएनए अध्यक्ष अनु राईले भनिन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.