विदेशी मुद्राको विनिमयदर : कुन देशको रुपैयाँ कतिमा हुँदैछ कारोबार?
काठमाडौं :नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ २८ पैसा र बिक्री दर १५१ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिद दर १७२ रुपैयाँ ३९ पैसा र बिक्री दर १७३ रुपैयाँ ०७ पैसा रहेको छ।
यसैगरी युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १९९ रुपैयाँ ९४ पैसा र बिक्री दर २०० रुपैयाँ ७३ पैसा रहेको छ भने स्विस फ्राङ्क १ को खरिद दर १८६ रुपैयाँ ८५ पैसा र बिक्री दर १८७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिद दर १०५ रुपैयाँ ०३ पैसा र बिक्री दर १०५ रुपैयाँ ४५ पैसा हुँदा क्यानेडियन डलर १ को खरिद दर १०६ रुपैयाँ ६४ पैसा र बिक्री दर १०७ रुपैयाँ ०७ पैसा रहेको छ। यस्तै, सिंगापुर डलर १ को खरिद दर ११६ रुपैयाँ ७६ पैसा र बिक्री दर ११७ रुपैयाँ २३ पैसा तोकिएको छ।
एसियाली मुद्राहरुतर्फ जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४० पैसा रहेको छ। चिनियाँ युआन १ को खरिद दर २२ रुपैयाँ ३० पैसा र बिक्री दर २२ रुपैयाँ ३९ पैसा कायम भएको छ।
यस्तै, कुवेती दिनार १ को खरिद दर ४९१ रुपैयाँ ७३ पैसा र बिक्री दर ४९३ रुपैयाँ ६८ पैसा, बहराइन दिनार १ को खरिद दर ४०१ रुपैयाँ २८ पैसा र बिक्री दर ४०२ रुपैयाँ ८७ पैसा तथा ओमान रियाल १ को खरिद दर ३९२ रुपैयाँ ९५ पैसा र बिक्री दर ३९४ रुपैयाँ ५१ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !