प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.१८ अंकले बढ्यो
काठमाडौं : सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढीले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ७.१८ अंकले बढेर २७०९.२९ विन्दुमा पुगेको छ।
प्रि ओपन समयमा ७२ वटा स्टक्सको ६० हजार ६३३ कित्ता सेयर ३ करोड ६५ लाख १३ हजार ९०८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !