चितवनमा बस र ट्रक ठोक्किँदा चारजनाको मृत्यु, १७ घाइते

चितवनमा बस र ट्रक ठोक्किँदा चारजनाको मृत्यु, १७ घाइते

चितवन : यहाँको रत्ननगर नगरपालिका वडा नम्बर-१० भानुचोकमा मंगलबार राति यात्रु बस र ट्रक ठोक्किँदा चारजनाको मृत्यु भएको छ । यो दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । 

काठमाडौंबाट झापाको काँकडभिट्टा गइरहेको ना ६ ख १७४१ नम्बरको यात्रुबस र विपरित दिशाबाट आइरहेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मंगलबार राति ११ बजे यो दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक रौटहट चन्द्रपुर नगरपालिका-२ का ३४ वर्षीय मोहन घिसिङ, सह-चालक चन्द्रनिगाहपुरकै ३० वर्षीय बुद्धिमान लामाको ज्यान गएको छ । 

त्यसैगरी दुर्घटनामा बसमा सवार यात्रु ताप्लेजुङको फुङलिङ नगरपालिका-१ का ४२ वर्षीय तारा बराल र काठमाडौंको थानकोट-३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको  ज्यान गएको छ। यो दुर्घटना दुवै सवारीको अत्यधिक गतिका कारण भएको प्रहरीले अनुमान गरेको छ । 

दुर्घटनमा घाइते उनीहरूको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घाइते भएकाा १७ मध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चारजनाको चितवन मेडिकल कलेजमा उपचार हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.