मुलुकको सुरक्षा अवस्था जटिल : प्रधानसेनापति

मुलुकको सुरक्षा अवस्था जटिल : प्रधानसेनापति

काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मुलुकको पछिल्लो सुरक्षा अवस्था जटिल बन्दै गएको बताएका छन्। राष्ट्रिय परिस्थितिलाई सूक्ष्म ढंगले नियाल्दा साम्प्रदायिक भावना फैलाउन खोज्ने समूह एवं क्षेत्रीय एजेन्डा बोेकेका विखण्डनकारी सलबलाइरहेको पछिल्लो अवस्थामा मुलुकको समग्र सुरक्षा अवस्था जटिलतातर्फ उन्मुख भएको उनको भनाइ छ।

अनिवार्य अवकाश हुने एक महिनाअघि शुक्रबारबाट बिदा बस्न लागेका प्रधानसेनापति क्षेत्रीले बुधबार सकल दर्जालाई सम्बोधन गर्दै जातीय, भाषिक र धार्मिक आडमा साम्प्रदायिकता फैलाएर मुलुकमा अस्थिरता निम्त्याउन खोज्ने समूह सक्रिय रहेको बताए। विध्वंशकारी घटना गराई जनमानसमा डरत्रासको वातावरण सिर्जना गरी फेरि पनि द्वन्द्व चाहने समूहका गतिविधि सक्रिय रहेको प्रधानसेनापतिको क्षेत्रीको भनाइ छ। त्यस्ता अवाञ्छित एवं अराजक गतिविधिलाई निस्तेज पार्न नेपाली सेना सबल एवं सक्षम रहेको उनले बताए।

थापा कायममुकायम प्रधानसेनापति

प्रधानसेनापति क्षत्री बिदा बस्ने भएपछि कायममुकायमको जिम्मेवारी नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्दै छन्। जंगीअड्डामा बिहीबार बेलुका अयोजना हुने विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले थापालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बुझबुझारथ गर्नेछन्।

लम्जुङमा जन्मिएका थापा २०३७ साल मंसिर २७ गते गोरखबहादुर गणमा सहायक सेनानी पदमा नियुक्त भएका थिए। थापा २०३६ सालमा अधिृकत क्याडेटका रूपमा नेपाली सेनामा भर्ना भएका थिए। थापाले २०७१ माघ २५ देखि २०७२ माघ २४ सम्म संयुक्त राष्ट्रसंघको मध्यपूर्वस्थित इजरायल र सिरियाको सिमानास्थित गोलन हाइटमा फोर्स कमान्डरका रूपमा काम गरेका थिए।

संयुक्त राष्ट्रसंघको नेपालस्थित अनमिन मिसन रहँदा थापाले संयुक्त सुपरिवेक्षक समन्वय समितिमा नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व गर्दै सहअध्यक्षको भूमिका निर्वाह गरेका थिए। थापाले नेपालबाट कमान्ड तथा स्टाफ कलेज र भारतबाट नेसनल डिफेन्स कोर्स गरेका छन्।

थापाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक र भारतको मद्रास विश्वविद्यालयबाट ‘डिफेन्स एन्ड स्ट्राटिजिक स्टडिज’मा स्नातकोत्तर गरेका छन्। उनी सुप्रबल दक्षिण बाहु र प्रख्यात त्रिशक्ति पट्ट चौथोबाट सम्मानित छन्। प्रधानसेनापति क्षेत्रीले अवकाश पाउने भएपछि सरकारले थापालाई कामयमुकायम प्रधानसेनापतिको जिम्मेवारी सुम्पने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.