महाकाली तटका बासिन्दा रातभर जागै

महाकाली तटका बासिन्दा रातभर जागै

महेन्द्रनगर : महाकाली नदी छेउछाउका बासिन्दा नदीमा पानीको सतह बढ्न थालेपछि रातभर जागै बस्न थालेका छन्। नदीले बस्ती कटान बढाएपछि उनीहरूमा जीउधनकोे सुरक्षाको चिन्ता बढेको हो।

वर्षेनी जमिन कटानी गर्दै लगेपछि महाकालीले आफ्नो क्षेत्र फराकिलो बनाउदै लगेको छ। ‘अझ वर्षात्मा कटानीसमेत तीब्र पार्छ’, कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली टोलकी कौशिका पन्तले भनिन्।

‘वर्षात्सँगै महाकाली उर्लिन थालेपछि रातभर निन्द्रा नै पर्दैन’, नदीको धार घरनजिकै आउन लागिसकेकाले उनको चिन्ता झनै बढ्दै गएको छ। वर्षौदेखि महाकाली टोलमा बस्दै आएकी उनले सुरूवातमा देखेको महाकाली नदी कटानकै कारण चौंडा भएको बताइन्। बस्ती नजिकै पुगिसकेको देखिन्छ आजकल महाकाली।

‘वर्षाैअघि धेरै टाढा बगेको देखिन्थ्यो महाकाली नदी, अहिले घर नजिकै आइसक्यो’, कौशिकाले भनिन्। ‘जति जति नदीले वर्षेनी कटानी गर्दै लगेको छ, त्यति नै आफ्नो चिन्तासमेत बढेको छ’, उनले घर सम्पत्ति र बालबच्चा कसरी जोगाउने भन्ने डरले सधैं पिरोल्ने गरेको बताइन्।

कौशिकामात्रै होइनन्, महाकाली नदीको किनारमा बस्ने भीमदत्त नगरपालिकाका भुजेला, ऐरी, ओदाली, क्षेत्रका विभिन्न टोलका मानिसको एउटै पीडा बन्न पुगेको छ। ‘धेरै वर्ष भयो महाकालीमा आउने बाढीको पीडा भोग्दै आएको तर अहिलेसम्म पनि स्थायी समाधान भएको छैन’, स्थानीय राधिका नेपालीले भनिन्।

‘सरकारले तटबन्ध बनाएजस्तो गर्छ तर सधै बाढीले काट्ने कारण स्थानीयको बस्तीलाई नोक्सान गर्दछ’, उनले थपिन्। सरकारले मजबुत खालको तटबन्ध निर्माण नगर्दा वर्षेनी समस्या हुने गरेको उनको भनाई छ। ‘ठेकेदारले यसवर्षसमेत काम गरेन्, अहिले पनि कटानी थालिसक्यो’, उनले भनिन्।

भारत सरकारले आफ्नो भूभाग जोगाउन पक्की संरचना निर्माण गरी तटबन्ध बनाएकाले नेपालतर्फ समेत त्यस्तै खाले तटबन्ध निर्माण आवश्यक रहेको स्थानीयको भनाई छ। ‘हामी त बाढी घर पसे पनि भागेर बाँच्न सक्छांै तर बालबच्चा र बुढाबुढी कसरी जोगाउने भन्ने चिन्ता हुन्छ’, उनीहरु भन्छन्।

सरकारले समयमा कामको जिम्मा दिएर भरपर्दो र बलियो तटबन्ध नबाधेका कारण तटीय क्षेत्रका बासिन्दाले यस्तो कष्टकर जीवन बाँच्न बाध्य बनेका हुन्। वर्षेनी महाकाली नदी नियन्त्रणका लागि करोडौं रकम खर्च हुने गरेको छ। तर समस्या भने समाधान हुन सकेको छैन।

‘सरकारले अलि अलि गरेर काम गराउने, त्यही कामसमेत समयमा सम्पन्न हुँदैन’, देवीसरा सुनारले भनिन्। उनले हरेक वर्ष नदी नियन्त्रणका लागि आउने रकम बालुवामा पानी हाले जस्तै भइरहेको बताइन्।महाकाली नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष श्याम थापा पनि सरकारले एकैपटक धेरै बजेट लगाएर काम थाल्नुपर्ने बताउँछन्। उनले भने, ‘महाकाली नदी नियन्त्रणको दिगो व्यवस्थापनका लागि बलियो तटबन्ध निर्माण गर्नु आवश्यक छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.