नदीले बगाएर एक महिलाको मृत्यु
महेन्द्रनगर : कञ्चनपुरको स्याली नदीले बगाएर एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका– ७ शान्तिपुरमा ४६ वर्षीया गोमती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो भैंसी चराएर घर फर्किने बेला स्याली नदीले बगाएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले जानकारी दिए।
घर नजिकै भैँसी तार्ने बेला नदीले बगाएकी भट्टको शव ४ किलोमिटर तल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी ब्यारेक नजिक भेटिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !