गाउँपालिकाको कार्यालय बन्द गरेर भ्रमणमा जनप्रतिनिधि

गाउँपालिकाको कार्यालय बन्द गरेर भ्रमणमा जनप्रतिनिधि

वीरगन्ज : पर्साको जीराभवानी गाउँपालिकाका प्रमुख, उपप्रमुख र कर्मचारी र शुक्रवारदेखि कार्यालय नै बन्द गरेर अवलोकन भ्रमणमा जिल्ल्ला बाहिर गएका छन् ।   

गाउँपालिकाका प्रमुख रामप्रित महतो थारु, उपप्रमुख उषा चौधरी, पाँच वटै वडाका सदस्य र १५ जना कर्मचारीसहित ४० जनाको टोली अवलोकन भ्रमणमा जाँदा शुक्रवारदेखि गाउँपालिकाको काम ठप्प छ । 

गाउँपालिका कार्यालयमा कुल १८ जना कर्मचारी कार्यरत छन् । तीमध्ये इन्जिनियर, आइटी अफिसर, स्वास्थ्य संयोजक, सह संयोजक, पशु चिकित्सक, नायव सुब्बा, लेखापाल, सब–इन्जिनियर, सामाजिक परिचालक, खरिदार, शिक्षा संयोजक, कृषि प्राविधिकसहित १५ कर्मचारी लिएर गाउँपालिका प्रमुख थारु शुक्रवारदेखि चितवन, पोखरा र लुम्बिनीको पाँच दिने भ्रमणमा गएका हुन् ।

भ्रमणमा नगएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी तथा कार्यालय सहायकद्वय मनोजकुमार दास र नागेन्द्र महतो पनि शुक्रवारदेखि कार्यालयमा आएका छैनन्  ।

गाउँपालिका कार्यालयले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत गिरीको ९८५५०१५१०० नम्बरको मोबाइल फोन पनि शुक्रवारदेखि स्विच अफ छ । भ्रमणको खर्च ६ लाख रुपैयाँ पनि गाउँपालिकाकै बजेटबाट निकासा गरिएको छ ।  

गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा सदस्य र अधिकांश कर्मचारी जिल्ला बाहिर भ्रमणमा गएकाले गाउँपालिकाको कार्यालय शुक्रवारदेखि बन्द हुँदा सेवा लिन पुगेका सेवाग्राही रित्तै फर्कन बाध्य भएका छन् ।

गाउँपालिका कार्यालय बन्द हुँदा सेवाग्राहीहरु काम हुन नसकेपछि निराश भएर फर्कन बाध्य भएको गाउँपालिका कार्यालय अगाडि घर भएका स्थानीय ओम प्रकाश चौधरीले बताए । 

‘अध्यक्ष, उपाध्यक्षसहित सबै कर्मचारी शुक्रवार देखि भ्रमणमा गएकाले त्यही दिनदेखि कार्यालय बन्द छ’, उनले भने, ‘हरेक दिन १५÷२० जना मान्छे काम लिएर आउँछन्, तर कार्यालय बन्द भएको देखेपछि निराश भएर फर्कन्छन् ।’ 

जिरा भवानी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शेख नमुना आजमाले पनि गाउँपालिका कार्यालय नै बन्द गरेर प्रमुख, उपप्रमुख सहित अधिकांश कर्मचारी एकै पटक जिल्ला बाहिर भ्रमणमा जानु गलत भएको बताए ।

गाउँपालिकाका प्रमुख रामप्रति महतो थारुले भने आफूहरू अवलोकन भ्रमणका लागि जिल्ला बाहिर आएकाले कार्यालय बन्द रहेको बताए ।

जिल्ला बाहिरको भ्रमणमा रहेका थारुले टेलिफोनमा अन्नपूर्णकर्मीसँग भने,‘हामी सबै भ्रमणमा आएका छौँ, त्यसैले कार्यालय बन्द भएको हो, एक दुई दिनमा फर्किएपछि कार्यालय खुल्छ ।’

भ्रमणको शीर्षक र रकमबारे जिज्ञासा राख्दा उनले भने, ‘यो कुरा मलाई थाहा छैन, प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुस्, उनले नै भ्रमणको सबै प्रबन्ध मिलाएर हामीलाई पठाएका हुन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.