गड्डाचौकी भन्सारका सुब्बा १० हजार घुससहित पक्राउ
कन्चनपुर : गड्डाचौकी भन्सार कार्यालय कन्चनपुरमा कार्यरत एकजना कर्मचारी १० हजार घुससहित समातिएका छन् ।
भन्सार कार्यालयका नायव सुब्बा रामप्रसाद भट्टराई सेवाग्राहीसँग १० हजार घुस लिँदालिँदै मंगलबार पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग घुस लिइरहेको समयमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। १० हजार घुससहित भट्टराई पक्राउ परेपछि अख्तियारको टोलीले भन्सार कार्यालयमा सोधपुछ गरिरहेको छ।