मैथिली चलचित्र निर्देशक यादवको निधन

मैथिली चलचित्र निर्देशक यादवको निधन

राजविराजः मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’ को उपचारको क्रममा निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा २७ वर्षको अल्पायुमा निधन भएको कलाकार सञ्जय कार्कीले जानकारी दिए । 

उनी मधुमेह र रक्तचाप रोगबाट ग्रसित थिए । पछिल्लो समय यादव ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त थिए ।

एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आएका उनी निर्देशन तथा अभिनयमा सक्रिय थिए । छोटो समयमै मैथिली कलाक्षेत्रमा पहिचान बनाउन सफल यादवले धर्मेन्द्र धर्मात्मा फिल्म प्रोडक्सन प्रालिको व्यानरमा राधासँग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोग जस्ता चलचित्रहरुको निर्माण गरेका छन् । पछिल्लो समय ‘कलंक’ नामक मैथिली फिल्म छायांकनमा व्यस्त रहेका उनी अचानक गम्भीर विरामी परेका थिए ।

मैथिली कलाक्षेत्रको विकासका साथै कलाकारलाई व्यवसायिकतातर्फ उन्मुख गराउने अभियानमा जुटेका धर्मात्माले ‘मैथिली खुशी’ युट्युब च्यानलमार्फत मैथिली हास्यव्यंग्यमा विभिन्न विषयवस्तुलाई आधार बनाएर करिब दुई सय श्रृंखला समेत निर्माण गरेका छन् । 

मैथिलीमा सर्वाधिक हेरिने च्यानलको रुपमा स्थापित उनको च्यानलमा तीन लाख ५४ हजार सात सय १४ सब्सक्राइबर रहेका छन् ।

मानसरोवर यादव एवम् मिनादेवी यादवका सुपुत्र यादवका पत्नी रेखा यादव, ६ वर्षका छोरा शंकर र डेढ वर्षको छोरी छिन् । सामान्य परिवारमा जन्मिएका उनी सानैदेखि कलाक्षेत्रतर्फ आकर्षित हुँदै मैथिली कलाक्षेत्रमा समर्पित थिए ।उनको निधनले सिङ्गो मैथिली कलाक्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै सिङ्गो मिथिला क्षेत्रका कलाकर्मीहरु स्तब्ध बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.