चीनविरोधी गतिविधि गरेको आरोपमा तिब्बती पक्राउ

चीनविरोधी गतिविधि गरेको आरोपमा तिब्बती पक्राउ

काठमाडौं : चीनविरोधी गतिविधि गरेको आरोपमा एक तिब्बती नागरिक पक्राउ परेका छन्। आफ्नो मुलुक विरोधी गतिविधि सञ्चालन गरेको आरोपमा चिनियाँ सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका हुन्। पक्राउ परेका तिब्बती नागरिकलाई चिनियाँ सुरक्षाकर्मीले नेपाल प्रहरीलाई बुझाएको छ।

चिनियाँ राहदानीसमेत नभएका तासी नाम गरेका तिब्बती नागरिकले जबर्जस्ती तिब्बत प्रवेश गर्न खोजेपछि केरुङमा रहेका चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरी रसुवा प्रहरीलाई बुझाएको खुलासा भएको हो। असार अन्तिम साता चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरे पनि केही दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि मात्र नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो।

चिनियाँ सुरक्षाकर्मीले नेपाल प्रहरीको जिम्मा लगाएपछि रसुवा प्रहरीले साउन ८ गते उनलाई अध्यामगन विभागमा बुझाएको थियो। चिनियाँ सुरक्षाकर्मीले उनको साथबाट भारत सरकारले जारी गरेको शरणार्थी परिचयपत्र (आरसी कार्ड)समेत फेला पारेको थियो। २३ दिनदेखि अध्यागमन विभागको हिरासतमा रहेका तासीलाई तिब्बत फर्काउने कि भारत पठाउने भन्नेबारे गृह मन्त्रालय टुंगोमा पुगिसकेको छैन। पक्राउ परेका तिब्बती नागरिकबारे अनुसन्धान भइरहेको अध्यागमन विभागका मुद्दा शाखाका अधिकृत चिरञ्जीवी थापाले बताए। ‘उनलाई के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन। गृह मन्त्रालयसँग समन्वय भइरहेको छ’, उनले भने।

चिनियाँ सुरक्षाकर्मीले टासीलाई रसुवास्थित टिमुरे प्रहरीमा बुझाएको थियो। केरुङ नाकाबाट जबर्जस्ती तिब्बत छिर्न खोजेपछि उनलाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। झन्डै एक साताको अनुसन्धानपछि चिनियाँ सुरक्षाकर्मीले नेपाल नै फर्काउने निर्णय गरेसँगै उनलाई रसुवा प्रहरीलाई बुझाएको स्रोतले बताएको छ। भारत सरकारले जारी गरेको आरसी कार्ड लिएर उनी तिब्बत जान रसुवा हुँदै केरुङ नाका पुगेका थिए। नेपाल र भारतमा रहँदा उनले चीनविरोधी गतिविधि गरेको चिनियाँ सुरक्षाकर्मीको दाबी रहेको प्रहरी स्रोतले जनाएको छ।

चिनियाँ सुरक्षाकर्मीले राहदानीबिनै तिब्बत छिर्न खोज्नु उनको शंकास्पद गतिविधि हुन सक्ने भन्दै पक्राउ गरेर अनुसन्धान थालेको थियो। उनी चार वर्षदेखि भारतको हिमाञ्चल प्रदेशको मेक्लोडगन्जस्थित धर्मशालामा बस्दै आएका थिए। तिब्बतको सिगात्से स्थायी घर भएका उनी ४ वर्षअघि अवैध मार्ग हुँदै नेपाल प्रवेश गरेका थिए। नेपालबाट सीधै उनी धर्मशाला गएको र त्यहाँ अध्ययन गरेको उनले बताएका छन्। आफ्नो परिवार सिगात्सेमा रहेकाले उनीहरूलाई भेट्न तिब्बत जान लागेको उनले प्रारम्भिक बयानमा भनेका थिए।

पछिल्ला दिनमा समेत अवैध मार्गबाट नेपाल भित्रिने तिब्बतीहरूको संख्या घटेको छैन। उनीहरू खाम र आम्दो क्षेत्रबाट आउने गरेका छन। त्यसरी अवैध बाटो हुँदै छिरेका तिब्बतीलाई नेपालस्थित शरणार्थी मामिला हेर्दै आएको संयुक्त राष्ट्रसंघीय कार्यालय यूएनएचसीआर र अध्यागमन विभागले संयुक्त रूपमा प्रमाणीकरण गरेर भारत पठाउँदै आएको छ। त्यसका लागि नेपालस्थित भारतीय दूतावासले उनीहरूलाई स्पेसल इन्ट्री परमिट दिने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.