पक्की पुल नबन्दा यातायात अवरुद्ध

पक्की पुल नबन्दा यातायात अवरुद्ध

चैनपुर : बैतडीको खोड्पे–बझाङ जयपृथ्वी राजमार्गको नारुगौडा खोलामा पक्की पुल नबन्दा हरेक वर्षातमा यातायात अवरुद्ध हुने गरेको छ। खोलामा न पक्की पुल हालिएको छ न त दीर्घकालीन रूपमा कल्भर्ट नै बनाइएको छ।

हिउँदमा साँघु तर्न सकिने पानी हुने र वर्षामा खहरे आउने हुँदा नारु गौडा खोलामा पक्की पुल निर्माण नहुन्जेल बर्सेनि यस्तै समस्या भोग्नुपरेको स्थानीय बताउँछन्। सातादेखि परेको अविरल वर्षाले मंगलबार राति खोलामा ठूलो बाढी आएपछि जिल्ला भित्रिने तथा जिल्लाबाहिर जाने यातायातका साधन देउरा तथा नारुगौडामा अलपत्र परेका थिए।

‘खोलामा ठूलो बाढी आएपछि गाडी वारपार हुने त कुनै सम्भावना नरहेको केदारस्यूँ गाउँपालिकाका नायब सुब्बा जयराज पाध्याले बताए।

नारुगौडा माथिबाट बर्सेनि पहिरो आउने भएकाले खोलामा बाढी बढेपछि ढुंगा र माटो सँगै बगेर आउँछ। खोला वारपार गर्न झन्डै सय मिटर भए पनि खोलाको बाढीले बीच भागमा चिरेर खोल्सो पारेको छ भने वरपर ठुल्ठूला ढुंगा छन्। खोलाको २० मिटर तल उर्लंदो सेती नदी र माथि खोलाको ठूलो बहाव हुँदा यस खोलामा वारपार गर्न निकै जोखिम हुने स्थानीय बस व्यवसायी हरि विष्टले बताए। उनले भने, ‘यस सडकमा बस चलाउन लागेको नौ वर्ष भयो, बर्सेनि यसै खोलाले दुःख दिने गरेको छ।’ 

यस खोलाको मुहानमा बर्सेनि ठूलो पहिरो आउने भएको हँुदा केदारस्यूँ गाउँपालिकाको डाफ्रु, मैतोलीको गाउँसमेत जोखिममा परेका छन्। ‘कमेरो माटो भएकाले प्रत्येक वर्षातको सिजनमा बगेर आउँछ’, केदारस्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले भने। सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर सागर कार्कीले भने नारुगौडा खोलामा पक्की पुल छिट्टै बन्ने गरी टेन्डर प्रक्रियामा रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.