तलबबाट विद्यालयमा अक्षयकोष

तलबबाट विद्यालयमा अक्षयकोष

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका- १ का वडा अध्यक्ष भुवनराज भट्टले आफ्नो तलबबाट केदार आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले तलबबाट ५० हजारको अक्षयकोषको स्थापना गरेको अध्यक्ष भट्टले बताए। उनले भने, 'मैले विद्यालयको वार्षिकोत्सवमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको थिए।  बोलेको बचन पूरा गर्न  विद्यालयको अक्षयकोषमा ५० हजार रकम जम्मा गरेको हुँ ।'

वडा अध्यक्षले ५० हजारको अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक देवसिंह ऐरीले बताए। उनले भने, 'विद्यालयको अक्षयकोषमा जम्मा भएको रकमबाट आएको ब्याजले प्रत्येक वर्ष विद्यालयकका जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने योजना बनाएका छौं।'

अध्यक्षले स्थापना गरेको अक्षयकोषले सानो भएपनि विद्यार्थीका लागि सहयोग पुग्ने अभिभावक भीमराज भट्टले बताए। उनले भने, 'गाउँमा समान्य कापी कलम किन्न नसक्ने अवस्थाका विद्यार्थी छन्। यो अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुग्ने आसा गरेको छु।'

वडाका अन्य विद्यालयमा पनि अक्षयकोष स्थापनाका लागि पहल गरिरहेको वडा अध्यक्ष भट्टले बताए । उनले भने, 'वडाभरीका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सानो भएपनि सहयोग पुगोस् भन्ने मेरो लक्ष्य छ।अहिले एक विद्यालयमा अक्षयकोष स्थापना गरेको छु। अन्य विद्यालयमा पनि अक्षयकोष स्थापनाका लागि सोच बनाएको छु।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.