पशुपतिको बेन्चमा बसेका गन्धर्वको करेन्ट लागेर मृत्यु

पशुपतिको बेन्चमा बसेका गन्धर्वको करेन्ट लागेर मृत्यु

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको लापरबाहीका कारण एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ८ बजेतिर काम सकेर पशुपति क्षेत्रभित्र रहेका बेन्चमा आराम गर्न बसेका काठमाडौं महागरनगरपालिका-७ का ४४ वर्षीय पुष्प गन्धर्वको करेन्ट लागेर मृत्यु भएको हो।

पशुपति क्षेत्रभित्र रहेका स्टिलको बेन्चमा जोडिएको विद्युतीय तारमा भएको करेन्ट लागेर उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए। ‘पशुपति क्षेत्रभित्र बेन्च बसेको बेला इलेक्ट्रिक सर्ट भएर मृत्यु भएछ’, उनले भने। गाइडको काम गर्ने गन्धर्व काम सकेर आराम गर्न बसेको बेला करेन्ट लागेर मृत्यु भएको उनका छोरा राजेश गन्धर्वले बताए।

घटना भएको दुई घण्टापछि राति १० बजे मात्रै आफूले जानकारी पाएको उनको भनाइ छ। कोषले पशुपति क्षेत्रभित्र निर्माण गरिरहेको सडक क्षेत्रमा विद्युतीय तार जडान गरिएको जानकारी नगराएका कारण आफ्नो बाबुको ज्यान गएको उनको आरोप छ। ‘मान्छे बस्ने बेन्चमा करेन्ट जोड्नु कस्तो लापरबाही हो, यही हेलचेक्र्याइँले मेरा बुबाको ज्यान गयो’, उनले आक्रोशित हुँदै भने, ‘सयौं भक्तजन आउने ठाउँमा कसले यस्तो गर्‍यो।’ लापरबाही गर्ने कोष र ठेकेदारलाई कारबाही गर्नुपर्ने उनको माग छ।

कोषले जथाभावी करेन्ट जोडेर लापरबाही गरी गन्धर्वको मृत्यु भएको भन्दै स्थानीयले आइतबार जयवागीश्वरी क्षेत्रमा विरोध प्रदर्शन गरी केही समय सडक अवरोधसमेत गरेका थिए। परिवार तथा आफन्तले कोषको लापरबाहीले गन्धर्वको ज्यान गएको आरोप लगाएका छन्। उनीहरूले दोषीलाई कारबाही र क्षतिपूर्तिको समेत माग गरेका छन्। उनीहरूले प्रहरी वृत्त गौशालामा कोषविरुद्ध उजुरीसमेत दर्ता गराएका छन्। पीडितले कोषमा घटनाबारे जानकारी गराउँदै छानबिनको माग गरेका छन्।

मृतक पुष्प गन्धर्वका आफन्त महानगरीय प्रहरी वृत्त गौशालामा। तस्बिर  : अन्नपूर्ण

मृतककी       श्रीमती अनिता गन्धर्व ( श्रेष्ठ)ले घर चलाउने       श्रीमान्को मृत्यु हुँदा आफूहरूको बिचल्ली एको बताइन्। ‘कमाउने उहाँ मात्रै हो, अब त हाम्रो बिचल्ली भयो’, श्रीमती गन्धर्वले रुँदै भनिन्, ‘मान्छे बस्ने बेन्चमा करेन्ट जोड्नेलाई कडा कारबाही हुनुपर्छ।’ मृतक गन्धर्वका       श्रीमती, दुई छोरा र एक छोरी छन्।

पशुपति क्षेत्र विकास कोषका प्रशासक रमेश उप्रेतीले करेन्ट लिक भएर मृत्यु भएको स्विकारे। कोषले बेन्चमा करेन्ट जोडेको भन्ने हल्ला निराधार भएको उनको भनाइ छ। ‘हामीले बस्ने बेन्चमा किन करेन्ट जोड्छौं ? बाँदरले हल्लाएर तार तल झर्‍यो होला, वर्षा र हुरीले पनि झारेको हुन सक्छ, यसपछि घटना भयो’, उनले भने।

पीडितसँग छलफल भइरहेको उनले बताए। ‘एक जना व्यक्तिको ज्यान गएको छ, यसलाई कोषले सहानुभूतिका रूपमा लिएको छ’, उनले भने, ‘वार्ता चलिरहेको छ। धार्मिक क्षेत्रमा भएकाले हामीले त्यसलाई गम्भीर रूपमा लिएका छौं, घटनाबारे छानबिन पनि गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.