पुरचौंडी नगर मदिरा निषेधित : सर्वसाधारणलाई ५, सरकारी कर्मचारीलाई १० हजार जरिवाना

पुरचौंडी नगर मदिरा निषेधित : सर्वसाधारणलाई ५, सरकारी कर्मचारीलाई १० हजार जरिवाना

बैतडी : जिल्लाको पुरचौंडी नगरपालिकामा मदिरा तथा जुवातास निषेध गरिएको छ। गत माघमा बसेको नगरपालिकाको विशेष नगरसभाको निर्णयलाई कार्यान्वयनमा ल्याइएको नगर प्रवक्ता गौतमप्रसाद भट्टले बताए।

उनले भने ‘मदिरा तथा जुवातासका कारण समाजमा विकृति फैलियो। गाउँमा महिला तथा बालबालिकाहरुमाथि हिंसा हुन थाल्यो। त्यसैले हामीले नगरपालिकालाई नै मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरेका हौं।’

नगरसभाले गरेको निर्णयलाई भदौ १ गतेबाट कार्यान्वयनमा ल्याइएको प्रवक्ता भट्टले बताए। ‘आम नागरिकको चाहना अनुसार नगरपालिकालाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ। यो निर्णयको कसैले अवज्ञा गरेमा कारवाही हुन्छ।’

नगरप्रमुख रणबहादुर कुँवरले भने, ‘नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयनका लागि हामीले सबै वडालाई पत्राचार गरिसकेका छौं। सबै वडामा सचेतनामूलक अन्तरक्रिया पनि गरेका छौं।’

नगरपालिकाले मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरेपछि कसैले मदिरा सेवन गरेमा जरिवाना गर्ने नगरपालिकाले जनाएको छ। समान्य मानिसले मदिरा सेवन गरेको पाइएमा ५ हजार, सार्वजनिक तथा सरकारी कर्मचारीले मदिरा सेवन गरेको पाइएमा १० हजार, विक्रि वितरण गरेमा १० हजार, गाडीमा मदिरा ढुवानी गरेको पाइएमा १० हजार र भरीयाले मदिरा ढुवानी गरेको पाइएमा ५ हजार जरीवाना तोकिएको नगर प्रवक्ता भट्टले बताए।

‘हामीले तोकेको जरिवाना पहिलो पटकका लागि हो। कसैले यस्ता क्रियाकलाप दोहर्याएमा कानुनी कारवाही गर्छौं’, उनले भने, ‘नगरपालिकाले मदिरा विक्री गर्नेहरूले लिइएको लाइसेन्स नवीकरणका लागि सिफारिस नगर्ने निर्णय गरिसकेको छ। नगरक्षेत्रभित्र हामी कुनै पनि हालतमा मदिराको कारोबार गर्न दिने छैनौं।’

नगरपालिकाले गरेको निर्णयको स्थानीयबासीले स्वागत गरेका स्थानीय अनिरुद्र जोशीले बताए। उनले भने ‘नगरपालिकाले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयनका लागि दबाब दिन महिला तथा विद्यार्थीहरूले विभिन्न वडामा दिनहुँ नारा जुलुस गर्ने गरेका छन्। नगरपालिकाले गरेको निर्णय राम्रो भएकाले यसको कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्छ भन्ने स्थानीयबासीहरुको भनाई छ।’

यस्तै नगर क्षेत्रभित्र कसैले जुवातास खेलेमा २ हजार, खेलाएमा ५ हजार र हेरेमा ५ सय जरीवाना गर्ने निर्णय पनि नगरपालिकाले गरेको प्रवक्ता भट्टले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.