सिडिओहरूले सरकारी बिदा नमानेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग

सिडिओहरूले सरकारी बिदा नमानेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग

इटहरी : संघीय लिम्बुवान मञ्चले प्रदेश एकका मुख्य मन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ। विश्व आदिवासी दिवसका दिन प्रदेश सरकारले दिएको सार्वजनिक बिदा प्रदेशभित्रका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले नमानेको भन्दै मञ्चले मुख्यमन्त्री शेरधन राईको राजीनामा मागेका हो।

प्रदेश सरकारको निर्णय नमान्ने प्रमुख जिल्ला अधिकारीहरूलाई कारबाही गर्न नसकेकोले मुख्यमन्त्रीले नै राजीनामा दिनुपर्ने तर्क मञ्चका अध्यक्ष कुमार लिङदेनले गरे।

सोमबार बिहान मुख्य मन्त्री राईको राजीनामा माग्दै नाराबाजी गरेको मञ्चले दिउसो लिम्बुवान प्रदेश नामाकरण गर्न माग गर्दै इटहरीदेखि विराटनगरसम्म मार्चपास गर्ने भएको छ। मुख्य मन्त्री कार्यालयसम्म पुग्ने कार्यक्रम रहेको मञ्चका नेता केदार उप्रेतीले जानकारी दिए।

प्रदेशको नाम लिम्बुवान, किरात वा खम्बुवान बनाउन समेत उसले माग गरेको छ। ‘यदि कोशी या सगरमाथा राखिन्छ भने हामीलाई मान्य हुनेछैन’, उनले भने, ‘बरु प्रदेश एक नै उपयुक्त छ।’

प्रदेश १ को नाम राख्नु पहिले प्रदेश २ को नाम राखिनुपर्ने लिङदेनले जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.