पहाडका बजारमा मधेसको तरकारी

पहाडका बजारमा मधेसको तरकारी

ओखलढुंगा : सगरमाथाका पहाडी जिल्लाका स्थानीय हाटबजारमा तराईमा उत्पादित वस्तुको कारोबार बढ्दै गएको छ। गाउँदेखि सहरसम्मका हाटबजारमा जिल्ला बाहिरबाट ल्याइएका वस्तुको कारोबार बढी हुने गरेको छ।

तरकारी र फलफूल हाटबजारमा स्थानीय उत्पादन न्यून पाइन्छ। खासगरी बोडी, काँक्रा, गाजर, मूला, आलु, प्याज र लसुनजस्ता तरकारी प्रदेश २ को सिरहा र सप्तरीबाट ल्याइन्छ।

स्थानीय उत्पादन न्यून र महँगो भएका कारण ओखलढुंगा, सोलुखुम्बु र खोटाङका हाटबजारमा तराईको तरकारीले बजार पाएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख शंकरप्रसाद यादवले बताए। उनले तरकारी महँगो हुँदै गएको समेत बताए।

सदरमुकाम ओखलढुंगा र सोलुखुम्बुको सल्लेरी बजारमासमेत सिरहा र सप्तरीबाट ढुवानी गरी ल्याइएका आँप, प्याज, काउली, अनार, खरबुजा अत्यधिक बिक्री हुने गरेको छ। यस्तै हिउँदको समयमा आलुसमेत आउने गरेको छ। स्थानीय उत्पादनभन्दा सस्तो भएकाले तराईको आलुले बजार पाएको हो।

सहरी क्षेत्रका साथै गाउँपालिका स्तरका हाटबजारमा समेत तराईको तरकारी पाइन थालेको छ। ओखलढुंगाको सबैभन्दा दुर्गम गाउँपालिका खिजीदेम्वाको फलाटेबजारमा समेत मधेसमा उत्पादित तरकारीले बजार लिएको खिजीदेम्वा ४ का अध्यक्ष कमल न्यौपानेले बताए। उनले भने, ‘गाउँमा पनि अब बाहिरबाट ल्याएको तरकारी किनेर खाने प्रचलन बढेको छ। व्यावसायिक कृषिमा सरकारले ध्यान नदिए परनिर्भर हुने अवस्था छ।’

बोडी, काँक्रा, गाजर, मूला, आलु, प्याज र लसुनजस्ता तरकारी प्रदेश २ को सिरहा र सप्तरीबाट ल्याइन्छ।

ओखलढुंगाको रुम्जाटारको शुक्रबारे हटियामा पनि मधेसबाट आएको तरकारी बिक्री हुन्छ। हिमाली जिल्लामा कम उत्पादन हुने भएकाले सोलुखुम्बुमा यातायातको सहजताले सिरहातिरबाट तरकारी आउने गरेको छ। ‘स्थानीय उत्पादनले धान्दैन, तलबाट पनि राम्रै तरकारी आउने गरेको छ’, सल्लेरीका स्थानीय पासाङग्याल्जे लामाले भने। सोलुखुम्बुमा आलु उत्पादन हुने भए पनि अन्य तरकारी तथा फलफूल मधेसका जिल्लाबाट ल्याइन्छ। आवश्यकताअनुसार जिल्लामै व्यावसायिक तरकारी उत्पादन हुने भए जिल्लाबाहिरका कृषिजन्य वस्तु ल्याउनु नपर्ने व्यापारीको भनाइ छ।

खोटाङको दिक्तेल बजारमा पनि तराईको तरकारी आइरहेको छ। पहाडी जिल्ला तरकारीमा समेत आत्मनिर्भर नहुनु दुखद भएको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष थगेन्द्रराज राईले बताए। राईले भने, ‘कृषिमा व्यावसायीकरण हुन नसक्नको परिणाम हो यो।’

स्थानीय सरकारका बजेट कृषिलाई सम्बोधन गर्ने खालका नभएको उनले आरोप लगाए। ओखलढुंगाका सबै स्थानीय तहले नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राख्ने र कृषिमा आधुनिकीकरण गर्ने उल्लेख गरे पनि बजेट विनियोजनमा पूर्वाधार विकास र सडकमै प्रथामिकता दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.