स्याउ फल्न छाडेपछि ओखरखेती

स्याउ फल्न छाडेपछि ओखरखेती

 बैतडी : करिब १० वर्ष अघिसम्म बैतडीको सतबाँझ स्याउ फल्ने क्षेत्रका रूपमा चिनिन्थ्यो। प्रदेश ७ का पहाडी जिल्लामध्ये सतबाँझ स्याउ का लागि प्रसिद्ध ठाउँ थियो। पछिल्लो समय चिस्यानको कमी भएर स्याउ फल्न छाडेपछि सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले अन्य फलफूल खेती सुरु गरेको छ।

‘स्याउ फल्न छाडेपछि सुक्खा फलफूलमा जोड दिएका छौं। चिस्यानको कमी भएपछि स्याउ फल्न छाडेको छ। अहिले हामीले ओखर खेतीलाई प्राथमिकतामा राखेका छौं’, सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख लक्ष्मीदत्त पाण्डेयले भने, ‘चालु आर्थिक वर्षमा हामीले ५५ हजार थिनसेल जातको दाँते ओखरको बीउ नर्सरीमा राखेका छौं। डेढ वर्षको अवधिमा अचेल राखेका बिरुवा रोप्नलायक हुनेछन्।’

अन्य फलफूलभन्दा ओखरबाट किसानलाई राम्रो आम्दानी हुने भएपछि सुक्खा फलफूल विकास केन्द्रले ओखर उत्पादनलाई प्राथमिकतामा राखेको हो।

स्याउ फल्न छाडेपछि ओखर, नासपाती, खुर्पानीलगायत सुक्खा फलफूलका बिरुवा उत्पादन गरिरहेको सुक्खा फलफूल विकास केन्द्रले किसानलाई सीप पनि सिकाइरहेको किसान देवदत्त भट्टले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.