पहिरोमा एकैघरका चार पुरिए

पहिरोमा एकैघरका चार पुरिए

काठमाडौं : अबिरल बर्षाका कारण कागेश्वरी मनोहरा नगरपालिका-३ स्थित सिमल्सीमा सोमबार बिहान पहिरोले घर बगाउँदा एकै परिवारका चारजना गम्भीर घाइते भएका छन्। स्थानीय श्रीमणी सिग्देल, उनकी श्रीमती र दुई छोरा पहिरोमा परी घाइते भएको कागेश्वर मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए।

तत्काल घाइते चारैजना शंकरापुर अस्पतालमा भर्ना गरिएपनि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाएको नगर प्रवक्ता पुडासैनीले बताएका छन्। हाल घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

बिहानपख आएको पहिरोले घरभित्र सुतिरहेका उनीहरुलाई पुरेको थियो। छिमेकीले पुरिएको अवस्थामा उनीहरुको उद्धार गरेका थिए।घटनाको खबर पाएपछि प्रहरी, नगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधलगायतको टोली घटनास्थल पुगेको थियो।

 
राहत घोषणा

घटनालत्तगै कागेश्वरी मनोहरा नगरपालिकाको आपत्कालिन बैठक बसी पीडितका लागि राहतको घोषणा गरेको छ। नगरप्रमुख कृष्णहरी थापाको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाका सबै कर्मचारी र जनप्रतिनिधिको एक दिन बराबरको तलब राहतस्वरुप पीडितलाई दिने घोषणा गरेको नगर उपप्रमुख बिन्दु पुडासैनी सिंखडाले जानकारी दिइन्।

उपप्रमुख सिंखडाले भनिन्, 'पक्‍की घर बगाएको छ, खान बस्न केही छैन, वैकल्पिक व्यवस्था गर्न नगरपालिकाको आपतकालिन बैठक बसी राहत दिने घोषणा गरेको हो।' नगरपालिकाले नगरभित्र वर्षाका कारणले हुनसक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न सबै वडालाई निर्देशन गरेको र कुनै स्थानमा केही समस्या देखिएमा तत्काल सम्बन्धित वडा वा नगरपालिकामा जानकारी गराउन समेत आग्रह गरेका छ।

  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.