पहिरोको जोखिममा विद्यालय, त्रासले पठनपाठन प्रभावित

पहिरोको जोखिममा विद्यालय, त्रासले पठनपाठन प्रभावित

बैतडी : केही दिनदेखिको लगातारको वर्षाका कारण बैतडीको दुर्गम सिगास गाउँपालिकास्थित एक विद्यालय पहिरोको जोखिममा परेको छ । सिगास गाउँपालिका–४ गढतोलास्थित शिव आधारभूत विद्यालय पहिरोको जोखिममा परेको स्थानीय राजेन्द्र साँउदले जानकारी दिएका छन् । 

विद्यालयको पछाडीपट्टी निर्माण गरिएको पर्खाल बर्षाले भत्काएपछि विद्यालय भवन पहिरोको जोखिममा परेको विद्यालयका शिक्षक वीरसिंह धामीले बताए । उनले भने, ‘विद्यालय भवनको पछाडीपटीको पर्खाल पूरै भत्किएको छ । विद्यालयको मैदान समेत जोखिममा परेको छ ।’ पहिरोको त्रासले पठनपाठन गराउन समस्या भएको  धामीले बताए । 

सिगास गाउँपालिकाको ५ लाख अनुदान सहयोगमा निर्माण गरिएको विद्यालयको खेलमैदान पनि पहिरोले भासिएको बताइएको छ । विद्यालय पहिरोको जोखिममा रहेकोबारे गाउँपालिकालाई जानकारी गराइएको छ ।  वि स २०४० सालमा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ। विद्यालयमा २५० भन्दा बढी विद्यार्थी अध्ययनरत  छन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.