अभिभावकको अंग्रेजी आकर्षण

अभिभावकको अंग्रेजी आकर्षण

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्डमा रहेको केदार आधारभूत विद्यालय डोडरचौरले गत शैक्षिक सत्रदेखि कक्षा १ मा अंग्रेजी माध्यममा पढाइ सुरु गरेसँगै मदनसिंह भाटको सरकारी विद्यालयमा छोरछोरीको अंग्रेजी माध्यममै पढाउने चाहना पूरा भएको छ ।

अहिले सो विद्यालयमा कक्षा २ सम्म अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ । आधारभूत तहमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि अभिभावकहरूले बालविकास केन्द्र पनि सञ्चालनमा ल्याएका छन् । चालु शैक्षिक सत्रबाटै आफ्नै लगानीमा बालविकास केन्द्र सञ्चालनमा ल्याइएको अभिभावकमध्येकै मदनसिंह भाटले बताए ।

उनले भने, ‘बोर्डिङ स्कुलमा महँगो शुल्क तिरेर पढाउनुभन्दा हामी अभिभावकहरूले महिनाको ३ सय तिरेर बालविकास केन्द्र सञ्चलान गरेका छौं । बालविकास केन्द्रमा अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।’ यहाँ केन्द्रमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि कक्षा १ मा पनि अंग्रेजी माध्यममा पढाउन सजिलो हुने विश्वास गरिएको विद्यालयका प्रधानाध्यापक देवसिंह ऐरीले बताए ।

उनले भने, ‘अभिभावकहरूले आफ्नै सक्रियतामा बालविकास केन्द्र स्थापना गरेका छन् । यसले हामीलाई माथिल्लो कक्षामा अंग्रेजी पढाउन सजिलो भएको छ ।’ बालविकास केन्द्रमा अहिले २० विद्यार्थी अध्ययनरत रहेका सहजकर्ता अम्बादत्त भट्टले बताए । उनले भने, ‘अभिभावकहरूले बालविकास केन्द्रमा अंग्रेजी माध्यममै पढाउन थालेपछि बालबालिकाहरूको शैक्षिक गुणस्तरमा पनि सुधार आएको छ ।’

अभिभावक राजेन्द्र भट्टले भने, ‘अहिले अंग्रेजी शिक्षा हरेक क्षेत्रमा आवश्यक छ । प्रविधिको क्षेत्रमा पनि अंग्रेजी भाषाकै बढी प्रयोग हुने भएकाले हामी आफै मिलेर बालविकास केन्द्र सञ्चालनमा ल्याएका हौं ।’

घर नजिकै रहेको सामुदायिक विद्यालयमा अंग्रेजी पठनपाठन हुँदा आफूहरूलाई निकै खुसी लागेको अभिभावक शंकर लुहारले बताए, ‘बोर्डिङ स्कुल पठाउन धेरै महँगो छ । आफ्नै गाउँको विद्यालयमा अंग्रेजी माध्यमबाट हामीले पठनपाठन गर्ने निर्णय गरेर सञ्चालनमा ल्याएका हौं । यसले हामीलाई सजिलो पनि भएको छ ।’

अंग्रेजी माध्यमबाट पठनपाठन गरेर शैक्षिक गुणस्तरमा सुधार ल्याउने आफूहरूको उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त भट्टले बताए । उनले भने, ‘हामीले अहिले कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छौं । कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने तयारी गरेका छौं । बालविकास केन्द्र पनि अंग्रेजी माध्यम मै सुरुवात गरेका छौं ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.