महेन्द्रनगरमा प्रदर्शन जारी, १२ राउण्ड अश्रुग्यास
महेन्द्रनगर : दोस्रो दिन पनि महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन जारी छ। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै दोस्रो दिन पनि प्रदर्शन जारी छ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयअगाडिलगायत बजारका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन्। पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपारी, टायर बालि अवरुद्ध गरेका छन्।
प्रदर्शका क्रममा भीड नियन्त्रण गर्न प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीलाई ढुंगा,पानीका बोतल प्रहार गरेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले बताएका छन्।
घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको युवकलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको बिरोधमा महेन्द्रनगरमा आन्दोलनले नयाँ मोड लिएको हो । मंगलबार पनि दिनभर महेन्द्रनगर तनावग्रस्त बनेको थियो।