निर्मला हत्या प्रकरण : चौथो दिन पनि प्रदर्शन जारी

निर्मला हत्या प्रकरण : चौथो दिन पनि प्रदर्शन जारी

महेन्द्रनगर :  बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या आरोपमा आरोपी सार्वजनिक गरेपछि महेन्द्रनगर बजारमा सुरु भएको आन्दोलन जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ। 

महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रीत रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको हो। प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन सुरु गरेका छन्। 

ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन्। वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो। 

बिहानैदेखि बजार व्यवसाय पूर्णरुपमा बन्द छन्। शिक्षण संस्था र यातायात सेवा समेत बिहानैदेखि सञ्चालनमा आएका छैनन्। बालिका बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले सोमबार अभियुक्त सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको हो। आन्दोलन नेतृत्वबिहीन  हुँदा उग्र बनिरहेको छ। 

बिहीबार बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा प्रदर्शन सुरु हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। शान्ति सुरक्षाको अवस्था खलबलिन नदिन सुरक्षाकर्मी बढाइएको छ। कैलालीबाट थप सुरक्षाकर्मी कञ्चनपुर आएका छन्। 

मंगलबारदेखि सुरु भएको आन्दोलनले कञ्चनपुर जिल्ला तनावग्रस्त हुन पुगेको छ। आन्दोलन उग्र बनेपछि गृहमन्त्रालको निर्देशनमा प्रहरी प्रधानकार्यालयले कञ्चनपुरमा एसएसपी बिक्रमबहादुर चन्द पठाएको छ।

एसएसपी चन्द बिहान ३ बजे महेन्द्रनगर आइपुगेका छन्। उनी महेन्द्रनगर पुगेलगत्तै घट्नाको अनुसन्धान र भइरहेको आन्दोलनका विषयमा जानकारी लिइरहेको प्रहरीले जनाएको छ। 

एसएसपी चन्दले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिरहेको प्रहरी स्रोतले जनाएको छ। प्रदेश-७ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरज केसीले आन्दोलन उग्र बन्दै गएपछि शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई पठाइएको बताए। एसएसपीलाई जिल्लामा सहजीकरण गर्न र अनुसन्धानको वास्तविक अध्ययन गर्न खटाइएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.