कञ्चनपुरमा गोली चल्यो, कम्तिमा सातजना घाइते

कञ्चनपुरमा गोली चल्यो, कम्तिमा सातजना घाइते

कञ्चनपुर  : चार दिनदेखि प्रदर्शन भइरेको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बिहीबार दिउँसो गोली चलेको छ ।  गोली चल्दा सात जना घाइते भएका छन् । एकजनाको टाउकोमा चोट लागेको छ भने अर्का एकजनाको खुट्टामा चोट लागेको छ । 

प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तीर्थ पनेरु, भण्डाराका अर्जुन, कैलालीका सन्तोष कडरिया र भासीका तेज भट्ट लगायतका रहेका छन् । घाइतेहरुलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ । 

१३ वर्षाीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या आरोपमा एकजना मानसिक सन्तुलन ठिक नभएका युवालार्इ प्रहरीले  सार्वजनिक गरेपछि आन्दोलन सुरु भएको थियो । 

महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रित रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको थियो। प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन गरिरहेका छन् । 

ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरेका छन्। त्यही क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो । वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको थियो। 

बिहानैदेखि बजार व्यवसाय पूर्णरुपमा बन्द गरेर स्थानीयबासी आन्दोलित भएका हुन्। शिक्षण संस्था र यातायात सेवा समेत बिहानैदेखि सञ्चालनमा आएका छैनन्।

बालिका बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले सोमबार अभियुक्त सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको हो। आन्दोलन नेतृत्वबिहीन  हुँदा उग्र बनिरहेको छ। 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.