घरभित्रै युवाको हत्यापछि गाउँमा त्रास

घरभित्रै युवाको हत्यापछि गाउँमा त्रास

ओखलढुंगा : मोलुंग गाउँपालिका-३ हर्कपुरमा एक युवाको दिउँसै घरमा हत्या भएपछि स्थानीय त्रसित बनेका छन्।२७ वर्षीय सन्तोष कार्कीको यही भदौ ५ गते दिउँसो घरमै छुरा प्रहारबाट हत्या भएपछि स्थानीय त्रसित बनेका हुन्। 

दिनदहाडै हत्या भएपछि स्थानीय त्रसित भएको वडा अध्यक्ष राम कार्कीले बताए। उनले भने, 'दिउँसै हत्या हुन थालेपछि घर खेतमा समेत एक्लाएक्लै हिँड्न स्थानीय डराएका छन्।'

नयाँ मान्छे गाउँमा आएर सोधखोज गरेको भोलिपल्ट २७ वर्षीय सन्तोष कार्कीको भदौ ५ गते घरमै छुरी प्रहार गरेर हत्या भएको थियो। घटनापछि गाउँमा नयाँ मान्छे देखा परे त्रासका कारण केरकार गर्ने गरेका छन्। घर र गोठमा एक्ले बस्न र हिँडडुल गर्न छोडेको स्थानीयले बताए।

त्रासकै कारण हिँडडुल गर्न एक्लै बस्न सक्ने अवस्था नरहेको स्थानीय कविता खतिवडाले बताइन्। 'नयाँ मान्छे गाउँमा आउँदा स्थानीय मिलेर लखेटेछन्, स्थानीय त्रसित छन्,' उनले भनिन्।   

घरगाउँमा साँझ बिहान मेलापात गर्न पनि स्थानीय डराएका छन्। हत्याको घटना रहस्यमय बनेपछि स्थानीय डराएका हुन्। प्रहरीले अपराधि नजिक पुगेकाले एक दुई दिनमा पक्राउ गर्ने जनाएको छ। 'अनुसन्धानबाट सबै कुरा खुलेका छन्, हामी अपराधी नजिक पुगेका छौं,' अनुसन्धान अधिकृत शरणकुमार दाहालले भने। स्थानीयलाई त्रसित नहून प्रहरीले अपिल गरेपनि नयाँ मान्छे देख्नासाथ स्थानीय डराउने गरेका छन्। घटनापछि प्रहरीले गाउँमा गस्ती दिन थालेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.