प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा माग्दै लिम्बुवान समर्थकको धर्ना

प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा माग्दै लिम्बुवान समर्थकको धर्ना

विराटनगर:  प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्बुवान समर्थकहरुले विराटनगरमाा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् । 

करिब १० वटा गाडीमा विराटनगर ओर्लिएका लिम्बुवान समर्थकहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेका छन् । 

प्रदर्शनमा सहभागीहरुले प्रदेश एकको नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र कर्मचारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छ्न । 

यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नाम सगरमाथा, कोशी या किरातमध्ये एक राख्नेबारेमा चर्चा चलिरहेका बेला लिम्बुवानको माग पनि अघि आएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.