खानीले हिमनदी संकटमा

खानीले हिमनदी संकटमा

सान्तियागो : चिलीमा दक्षिण अमेरिकाको कुल हिमनदीको पाँच भागको चार भाग छ । यहाँ ध्रुवीय क्षेत्रभन्दा बाहिर विश्वमै सबैभन्दा ठूलो हिमक्षेत्र पनि छ । यद्यपि तर तिनीहरू खानी उद्योगबाट सिर्जित धुलोबाट जोखिममा पर्न थालेका छन् ।
चिलीको क्याथोलिक विश्वविद्यालयका जलवायु वैज्ञानिक फाब्रिस लाम्बार्तको विचारमा चिलीका २४ हजार ११४ वटा हिमनदी खानीसँग सम्बन्धित क्रियाकलापबाट खतरामा पर्न थालेका छन् ।

 उनी भन्छन्, ‘तर प्रत्यक्ष कारण र असर स्थापित गर्न भने अझै कठिनाइ छ ।’ खानीबाट निस्किने धुलो हिमनदीमा मिसिन्छ, सेतो हिमसतह पूरै धुलोले ढाकिन्छ । प्रष्टै छ, धुलोका कणले सौर्य ऊर्जा सोच्छ र यसले तीव्र गतिमा हिमनदी पग्लिन्छ । यो ठूलै समस्या हो किनभने चिलीका कतिपय हिमनदीका छेउमै खानीहरू रहेका छन् ।

चिलीमा कार्यरत गैरसरकारी दिगो चिलीकी निर्देशक सारा लाराइनको भनाइमा छिमेकी देश अर्जेन्टिनाको झैं चिलीमा पनि हिमनदीको सुरक्षाका लागि कडा कानुन आवश्यक छ । सारा भन्छिन्, ‘शक्तिशाली खानी उद्योगीहरूले यस्तो प्रस्ताव बीचमै तुहाइदिन्छन् । सन् २००५ देखि नै छ सात वटा हिमनदी संरक्षण परियोजना सांसदहरू समक्ष प्रस्तुत गरिएको हो । हरेक पटक यस्ता परियोजनालाई खानी क्षेत्रले कार्यान्वयनमा लैजानै दिएका छैनन् ।’

चिलीको खानी परिषद्का सभापति होकिन भिल्लारिनो यस्तो कानुन आवश्यक नरहेको बताउँछन् । उनी भन्छन्, ‘सत्तरी प्रतिशतभन्दा बढी खानीहरू हिमनदीको वरपर नै छैनन् ।’ तैपनि हालको कानुनमा विद्यमान हिमनदीलाई नोक्सान हुनबाट जोगाउन कम्पनीहरू बाध्य हुने व्यवस्था गरिएको छ । लाम्बार्टका अनुसार उद्योगीहरूले अरू पाँच वर्ष खानी बन्द गर्नेछैनन् तर खानी उद्योगलाई तहसनहस नपारी हिमनदी पनि जोगाउने चुनौती चिलीका जनतासामु छ । यद्यपि खानी पनि देशको अर्थतन्त्रको अत्यावश्यक भाग भएको चर्चा गरे ।

चिलीको अर्थतन्त्र मुख्य रूपमा खानीमा निर्भर छ । चिलीमा वार्षिक करिब ५६ लाख टन तामा उत्पादन हुन्छ । यो विश्वकै तेस्रो ठूलो उत्पादन हो । वातावरणीय कानुनविज्ञ पिलार मोरागाको भनाइमा चिलीमा हिमनदीको संरक्षणका लागि कडा कानुनी संरचनाको तत्काल जरुरी भइसकेको छ । सन् २०१४ मा हिमनदीको नजिकमा रहेका कतिपय असुरक्षित औद्योगिक क्रियाकलापमा प्रतिबन्ध लगाउने गरी विधेयक संसद्मा दर्ता भएको थियो । 

विधेयकमा धेरैवटा कामै नलाग्ने संशोधन गरियो र अन्ततः जुन महिनामा राष्ट्रपति सेबास्तियन पिनेराको सरकारले विधेयक नै फिर्ता लियो । सरकारको भनाइमा जैविक विविधताको संरक्षण गर्न तथा मुलुकका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रहरूलाई सुरक्षित गर्न विद्यमान नियम नै पर्याप्त छन् । तर विज्ञहरूले चिलीका सबै हिमनदी संरक्षित निकुञ्ज क्षेत्रभित्र नरहेको भन्दै असन्तोष प्रकट गरेका छन् । 

‘चिलीमा ८६.४ प्रतिशत हिमनदी संरक्षित क्षेत्रमा छन् तर मुलुकका मध्य र उत्तरी क्षेत्रमा हिमनदीको संरक्षणका लागि कुनै उपाय अवलम्बन गरिएको छैन र यही क्षेत्रमा दिनानुदिन पानीको अभाव बढ्दै गएको छ’, लाम्बार्तले भने, ‘यी क्षेत्रको जलवायु प्रक्षेपणले आगामी ५० वर्षभित्रै आकाशे वर्षामा ३० प्रतिशतले कमी आउने देखाएको छ ।’ हिमनदीहरू हिउँको सुगठित स्वरूपबाट बनेको हुनाले कम वर्षा हुनेक्रम बढ्दै गएमा हिमनदीहरूको पुनरुत्पादनमा व्यापक असर पर्दछ, किनभने गृष्म ऋतुमा हिउँ पग्लनेक्रम सबैभन्दा बढी हुन्छ ।

खानी उद्योगका सञ्चालकहरूले सरकारी अधिकारीहरूमाथि दबाब दिएको अस्वीकार गरेका छन् । उनीहरूले अरू नयाँ नियमहरू रोक्ने सरकारको निर्णयको स्वागत गरेका छन् । ‘सरकारले राजनीतिक जोखिम मोलेर पनि जिम्मेवारीपूर्ण निर्णय गरेको हाम्रो ठम्याइ छ । यो राम्रो सोचविचार गरेर गरिएको निर्णय हो’, भिल्लारिनोले भने । वातावरणविद्हरू अझै पनि आशावादी नै छन् किनभने वातावरणमन्त्री मार्सेला कुबिजोसले दुई साताअघि मात्र हिमनदीको संरक्षणका लागि प्रभावकारी समाधान खोजी गर्नेगरी विज्ञहरूको एउटा समिति निर्माण गरिएको घोषणा गरेका छन् ।
एएफपी, 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.