बालगुरु आदित्यको झुला महोत्सव, भन्छन् : कृष्ण बन्न सकिन
काठमाडौं : आदित्य संरक्षण प्रतिष्ठानले कृष्ण अष्टमीको अवसरमा आइतबार झुला महोत्सवको गरेको छ।
बिरामी भएका कारण छोटो समय मात्रै बालज्ञानी गुरु आदित्यलाई झुला राखिएको थियो। आदित्यको झुला तान्न झक्तजनको तछाडमछाड भएको थियो।
कृष्ण अष्टमीको अवसरमा आदित्य प्रतिष्ठानमा भेला भएका भक्तजन एक घण्टा बढी भजनकीर्तनमा सहभागी भएका थिए।
भजनकीर्तनको अन्त्यमा ल्याइएका आदित्यले कृष्णको तस्बिरमा माल्र्यापण गरेका थिए। आदित्यद्वारा फूल चढाएर सुरु भएको पूजापाठ आरतीसँगै सकिएको थियो। उक्त अवसरमा आदित्य वाणीसमेत सुनाइएको थियो।
बोल्न नसक्ने गुरु आदित्यले लेखेको वाणी भनिएको छ, ‘म सबै बन्न सकें र सक्छु जस्तो लाग्छ तर कृष्ण बन्न सकिनँ र सक्दिन पनि। मैले न प्रेम गर्न जाने, आफ्ना वचनलाई कलमद्वारा उतार्न मात्र सकें।’
उक्त समारोहका एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र महतोलगायत समाजका अगुवाको उपस्थिति थियो।
महतोका साथै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा आध्यक्ष पुष्पकमल दाहाल, अन्नपूर्ण मीडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायत विशिष्ट व्यक्ति उनका शिष्य हुन्।
आदित्यका वाणीलाई समेटेर ‘कलियुगको आदित्य ज्योतिपथ’ भन्ने पुस्तक भर्खरै सार्वजनिक छ।