छोरीकी साथी बलात्कार आरोपित पक्राउ
धनगढी : बालिका बलात्कार आरोपित कैलालीको घोडाघोडी नगरपालिका-६ बछुरियाका हर्कबहादुर कुँवर पक्राउ परेका छन्। सोही स्थानकी १४ वर्षीया बालिकामाथि बलात्कार गरेर फरार रहेका ३३ वर्षीय हर्कबहादुर आइतबार दिउँसो पक्राउ परेका हुन्।
कैलालीकै लम्कीस्थित आफन्तकोमा बसेका कुँवरलाई मिडियामा समाचार आएपछि आफन्तले ईलाका प्रहरी कार्यालय सुखडलाई बुझाएको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।
भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकीसमेत रहेका कुँवरले बालिकाकै सलले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ। आरोपी हर्कबहादुर कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा ७ मा पढ्छन्।