पहिरोको ढुंगाले लागेर घाइते भएका नेगीको मृत्यु
बैतडी : बैतडीको मेलौली नगरपालिका–१ को डौरालीबाट काडाँबजार बजार जाने क्रममा पहिरोसँगै खसेको ढु्ङगा लागेर एकजनाको ज्यान गएको छ ।
ढुंगाले लागेर गम्भीर घाइते भएका १८ वर्षीय आनन्दसिंह नेगीको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाँदै गर्दा स्याडी खोलामा मृत्यु भएको स्थानीय लक्ष्मण पार्कीले बताए ।
बिहान साढे ९ बजे काँडा बजारतर्फ जाँदै गरेका नेगी बाटोमाथिको पहिरोबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका थिए । उनीसँगै घाइते ३५ वर्षका देवेन्द्रको अवस्था सामान्य रहेको छ । उनको र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस !
४