अस्पताल लगिएकी छोरी घर फर्किँदा छोरो बनेपछि..

अस्पताल लगिएकी छोरी घर फर्किँदा छोरो बनेपछि..

धनगढी : उपचारदेखि सरसफाइमासमेत कम्जारे देखिएको सेती अञ्चल अस्पतालमा दुईजना सुत्केरी महिलाका नवजात शिशु साट्नेसम्मको लापरवाही भएको छ । 

सेती अञ्चल अस्पतालमा सोमबार डडेल्धुराको आलितालका भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण एकापसमा साटिएका हुन ।

डडेल्धुराको आलितालकी भावना बोहरा आफन्तसँगै आफ्नो १७ दिनको विरामी नवजात शिशु (छोरा) ल्याएर भदौ १७ गते सेती अञ्चल अस्पताल भर्ना भइन् । निमोनियाले ग्रसित उनका छोरालाई चिकित्सकहरुले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराए । 

भदौ १७ गते नै सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माइन् । उनको नवजात छोरीको स्वास्थ्यमा पनि समस्या देखिएकाले चिकित्सकले उनको छोरीलाई पनि एनआईसीयुमा पठाए । 

भदौ १८ गते काली खातीको बच्चालाई सञ्चो भयो र उनलाई चिकित्सकले डिस्चार्ज गरे । एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको सट्टा, भीत्रबाट भावना बोहराको १७ दिनको छोरो ल्याएर थमाई दिए । 

खातीले बच्चा लिएर धनगढीदेखि झण्डै २५ किलोमिटर टाढा रहेको गोदावरी नगरपालिकास्थित जनुनाभाडीतिर लागिन् ।

‘म घरमा पुगेपछि बच्चाले दिशा ग¥यो, पखाल्न उसको लुगा फुकालेको त, छोरो देखेँ’ कालीले भनिन्, ‘त्यसपछि अचम्ममा परे, घरकालाई बताएँ, हाम्रो त छोरी भएको तर घरमा छोरा आयो’ कालीले अगाडि थपिन् ।

एकै छिनपछि उनलाई अस्पतालबाट फोन गरेर बोलाइयो, अनि साटिएको बच्चा आ–आफ्नो अभिभावकको जिम्मा लगाइयो । निको भइसकेको छोरो बोकेर डडल्धुराको आलितालकी भावना बोहरा घर गइसकेकी छिन् भने काली खाती विहीबार पनि सेती अञ्चल अस्पतालमै भर्ना छिन् ।

सामान्य तथा एआईसीयु भित्र स्वास्थ्यकर्मी बाहेक अरु कसैलाई प्रदेश गर्न दिइँदैन । ‘अब हामीलाई भित्र जान दिँदैनन्, सेता लुगा लगाएकी एक नानीले बच्चा ठीक भइहाल्यो, घर जानु भनेर थमाइन्, हामी पनि बच्चा बोकेर घर गयौं’, काली खातीका श्रीमान् मेखराज खातीले भने ।

सेती अञ्चल अस्पतालले यस्तो गल्ती गर्ने स्वास्थ्यकर्मीको नाम बताउन मानेको छैन । सामान्य परिवारका मेखराजले आफुले कसैलाई नचिनेको बताउँदै सेता लुगा लगाएकी महिलाले बच्चा दिएको बताए । 

एनआईसीयुमा भेटिएका स्वास्थ्यकर्मीले भने आफूहरुले भावना बोहरा भनेर बोलाउँदा काली खातीकी आमा दिलु बोहरा आएर बच्चा लगेकाले यस्तो भएको बताएका छन् । काली खातीको माइती थर बोहरा हो । उनकी आमाले पनि बोहरा सुनेपछि बच्चा सामातेर घर गएको हुनसक्ने अनुमान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.