प्रचण्डले राजनाथलाई भने : सिमानामा नेपालीको लुटपाट रोक्नुपर्‍यो

प्रचण्डले राजनाथलाई भने : सिमानामा नेपालीको लुटपाट रोक्नुपर्‍यो

नयाँ दिल्ली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ । 

भेटमा नेपाल–भारत सम्बन्धमा अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्नेबारेमा छलफल भएको दाहालको सचिवालयले जानकारी दिएको छ ।  

भेटका क्रममा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । अध्यक्ष दाहालले शुक्रबार बिहानै प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीहरुले सीमाक्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

गृहमन्त्री सिंहले सीमाक्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी अबका दिनमा यस्ता घटना हुन नदिने विश्वास दिलाएका थिए । भारतमा काम गरेर नेपाल फर्किने क्रममा विशेष गरी चाडपर्वको समयमा धेरै नेपालीलाई भारतीय सुरक्षाकर्मी र सर्वसाधरणले लुट्ने गरेको गुनासो आइरहेका बेला प्रचण्डले यसबारे भारतीय गृहमन्त्रीसँग कुरा गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.