आनी डोल्मा : जसले जितिन् मृत्युलाई, आठ घण्टापछि जीवितै उद्धार

आनी डोल्मा : जसले जितिन् मृत्युलाई, आठ घण्टापछि जीवितै उद्धार

नुवाकोट : कुनै बिपद्का बेला सबैको एउटै प्रयास हुन्छ जोखिममा परेकालाई जीवितै बचाउने । तर कहिलेकाहीँ प्रकृतिको रचना पनि मानव जीवन बचाउन ठुलो बाधक बनिदिन्छ । 

शनिबार भएको हेलिकोप्टर दुर्घटनाका पीडितले यस्तै अवस्था सामना गर्नुपर्यो । गोरखाको दुर्गम सामागाउँबाट अल्टिच्युट एयरको हेलिकोप्टर पाइलटसहित सातजनालाई बोकेर काठमाडौँका लागि उड्यो । तर विधिको विडम्बना नुवाकोटको आकाश छिचोल्न नपाउँदै प्रकृतिको एउटा खोँचमा खस्दै त्यो हेलिकोप्टर बिलायो । 

को को थिए यात्रु ?

नुवाकोटको मेघाङ गाउँपालिकाको एउटा खोँचमा शनिबार विहान दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सातजना सवार थिए ।

हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ ल्होकी आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार थिए । 

बाँचिन् आनी

महिला यात्रु आनी डोल्मा बाहेक सवैको ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिए । तर त्यही दुर्घटनामा आनीले मृत्युलाई जित्न सफल भइन् । दुर्घटनास्थलबाट सिम्रिक एयरको हेलिकोप्टरले उद्धार गरेपछि अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

मेडिसिटी अस्पतालको रेक्यू डिपार्टमेन्ट प्रमुख डा. सञ्जय कार्कीको टिम घाइते आनीलाई लिन सिम्रिक एयरको हेलिकोप्टरबाट नुवाकोटस्थित घटनास्थल नजिकै पुगेका थिए । 

उनीसँगै यात्रारत ६ जनाको दुर्घटनास्थलमै ज्यान गए पनि आनीले मृत्युलाई जित्न सफल भइन् । बिहान आठ बजेर पाँच मिनेटमा भएको हेलिकप्टरको दुर्घटनास्थलको पहिचान दिउँसो ३ बजेमात्र भएको थियो । घाइते भेटिएकी आनीलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरेको मेघाङ गाउँपालिकाका कर्मचारी मच्छिन्द्र प्याकुरेलले बताए । 

उनलाई सुरक्षाकर्मी र स्थानीयवासीले एक घण्टासम्म बोकेर सुरक्षित स्थानमा पुर्‌याएपछि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौँ लगेर मेडिसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले बताए ।

दुर्घटनाको आठ घण्टापछि घटनास्थलबाट उद्धार गरिएकी आनीलाई पहिले स्थानीयले बोकेर भिरबाट निकालेका थिए । त्यसपछि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । उनैले आफू चढेको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी मोबाइलबाट दिएकी थिइन् । 

नेपालको हवाई दुर्घटनामा परेर बाँच्ने यात्रुहरुमध्ये विरलैमध्ये एक भएकी छन् आनी । हेलिकोप्टरमा आगो नलगाेकाले समयमै दुर्घटनास्थल पहिचान हुन सकेको भए अन्य यात्रु र पाइलटलाई पनि बचाउन सकिने अवस्था रहेको स्थानीय यात्रु बताउँछन् । 

आठ घण्टापछि उद्धार

दुर्घटनास्थल मेघाङ गाउँपालिका–४ मुइलाम्रामा रहेको गुराँसे पहाडको जंगलमा बाक्लो कुहिरो लागिरहेको थियो ।  दुर्घटनाका बेला कुहिरोसहित पानी परिरहेकाले दुर्घटनास्थल पहिचान गर्न कठिनाई भएको मेघाङ गाउँपालिकाकी उपाध्यक्ष शान्ति लामाले बताइन् । चिसो स्थानमा हेलिकप्टर टुक्रा परेको अवस्थामा फेला पारिएको हो । 

दुर्घटनाग्रस्त हेलिकोप्टर नजलेका कारण यात्रुहरु घाइते मात्र भएको हुनसक्ने आशंका गरिएको छ । प्रतिकुल मौसमले समयमै उद्धार गर्न नसकिँदा उनीहरुको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । 
उनका अनुसार दुर्घटनामा परेर ज्यान गुमाएका चालक निश्चल केसीसहित ६ जनाको शव शनिवार रातीसम्म पनि घटनास्थलमै रहेको छ । 

शव बोकाएर हेलिकप्टर अवतरण गर्ने स्थानसम्म ल्याउने प्रयास भइरहेको छ । दुर्घटनामा परेको हेलिकोप्टरको खोजी र उद्धारका लागि गएको हेलिकोप्टरसहितको टोली घटनास्थलमा मौसम प्रतिकुल हुँदा अवतरण गर्न सकेन ।

घटनास्थलसम्म पुग्ने सडकसमेत छैन । लगातार तीन घण्टा हिँडेर सुरक्षाकर्मी र स्थानीयवासी घटनास्थल पुगेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.