चार घण्टा लगाएर बोकेका शव हेलिकोप्टरमा

चार घण्टा लगाएर बोकेका शव हेलिकोप्टरमा

नुवाकोट : पर्यटकसहित यात्रु बोकेर गोरखाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर शनिबार नुवाकोटको दुर्गम हिमाली भेग मुइलाम्रामा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका चालकसहित ६ जनाको शव  घटनास्थलबाट लगातार चार घण्टा बोकेर हेलिकप्टरमार्फत आइतबार काठमाडौ लगिएको छ। गुराँसे जंगलको पहाडमा ठोक्‍किएर शनिबार भएको दुर्घटनामा चालकसहित ६ जनाको ज्यान गएको थियो भने एक महिलाको घाइते अवस्थामा उद्धार गरिएको थियो। 

सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिममा रहेको म्यागङ गाउँपालिका- ४ मुइलाम्रामा रहेको गुरासे पहाडको जंगलमा अल्टिच्युड एयरको नाइनएन एएल एस कलसाइन रहेको ६ सिटे हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका ६ जनाको शव घटनास्थलबाट लगातार चार घण्टा दुई खेप गरेर गाडी पुग्ने स्थानमा पुर्‍याई सदरमुकाम ल्याएर काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये पहिले तीनजना र पछि तीनजनासमेत गरी चार घण्टा बोकेर सडक भएको स्थानसम्म र त्यसपछि मिनिट्रकमा राखेर नुवाकोटको सदरमुकाम विदुर ल्याएर आइतबार हेलिकोप्टरमार्फत काठमाडौ पठाइएको जिल्ला प्रहरी प्रहुख तथा प्रहरी उपरिक्षक वसन्तबहादुर कुंवरले जानकारी दिए। 

गोरखाको हिमाली क्षेत्र सामागाउँबाट एक जापानी, पाँच नेपाली यात्रुसहित बिहान सात बजेर ५६ मिनेटमा उडेको सो हेलिकोप्टर नुवाकोट र धादिङको सिमानामा आइपुगेपछि सम्पर्कबिहीन भएको थियो। नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव तीनवटा हेलिकोप्टरले काठमाडौं लगेको कुंवरले बताए।  

हेलिकोप्टरमा चालक निश्चल केसीसहित ७ जना सवार थिए। त्यसमा राहदानी नम्बर टिके ७१३६१२०६८ रहेका जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका-२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका-१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए। 

दुर्घटनामा ल्हो आनी डोल्पा डिकी लामाबाहेक ६ जनाको मृत्यु भएको थियो। लामाको मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनास्थल दुर्गम भएका कारण शव ल्याउन कठिनाई भएको र रातभरि प्रहरी, सेना र स्थानीयको सक्रियतामा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए। शवलाई एयर अल्टिच्युड, सिम्रिक र हेलि एभरेष्टमार्फत शव काठमाडौँ पठाएको हो।

उच्च भेगमा कुहिरोभित्र हेलिएर सो हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ। बिहान आठ बजेर २० मिनेटमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा यात्रुसहित अवतरण गर्नुपर्ने सो हेलिकप्टर विमानस्थलको टावरसँग ८ बजेर ६ मिनेटपछि सम्पर्कविच्छेद भएको थियो।

दुर्घटनाग्रस्त हेलिकोप्टर मुइलाम्रामा जंगलको पूर्वी मोहडाको घना जंगलको खोंचमा टुक्राटुक्रा अवस्थामा फेला परेको घटनास्थलवाट म्यागङ गापा- ४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए। उनले दुर्घटनास्थल वरिपरि सग्लो अवस्थामा चालकसहित ६ जनाकै शव फेला परेको जानकारी दिए । 

घाइते महिलान ल्होआनीलाई एक घण्टा पैदल बोकेर  हेलिकोप्टरतर्फ लगिएको उनले बताए।  दुर्घटनामा परेको हेलिकोप्टरको पछाडिको भाग टुक्राटुक्रा परेको वडाध्यक्ष तामाङले बताए । 
चिसो स्थानमा कुहिरो लागिरहेको र पानी परिरहेको कारण दुर्घटनामा परेको हेलिकप्टरमा आगजनी भने हुन नपाएको उनले बताए । दुर्घटनाग्रस्त हेलिकोप्टरको यात्रु र चालक बस्ने भाग कुच्चिएको अवस्थामा रहेको उनले बताए । 

नुवाकोटमा हेलिकोप्टर दुर्घटनामा परेको यो दोश्रो दुर्घटना हो। गत २०७३ साल साउन २४ गते गोरखाको सिर्दिवासबाट पाँच दिने सुत्केरीको उपचारका उडेको फिष्टेल एयरको हेलिकोप्टर नुवाकोटको मदानपुरको वेतिनिभीरमा दुर्घटनामा पर्दा एकै परिवारका चारसहित सातजनाको निधन भएको थियो। 

सदरमुकाम विदुरदेखि ४० किलोमिटर पुर्वमा रहेको वेतिनिभीरको पहरोमा नाइन एन एके ए कलसाइनको ६ सिट क्षमताको हेलिकोप्टर दुर्घटनामा अनुभवी क्याप्टेन रन्जन लिम्बू, पाँच दिनका नाबालक र उनका परिवारको निधन भएको थियो। मृतकका परिवारले त्यस बेला प्रति मृतक २० हजार डलरका दरले क्षतिपूर्ति पाएका थिए। 


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.