बोदेबरसाईन नगरपालिकामा आठवटा शीर्षकमा कर लाग्दैन

बोदेबरसाईन नगरपालिकामा आठवटा शीर्षकमा कर लाग्दैन

राजविराज : स्थानीयवासीले कर वृद्धिको गुनासो गरेपछि सप्तरीको बोदे बरसाईन नगरपालिकाले करको दरमा संशोधन गरेको छ। नगरपालिकाले यसअघि कायम गरेको केही शीर्षकको कर बढी भएको सेवाग्राहीबाट गुनासो आएपछि कार्यपालिकाको बैठकले छलफल गरी कर दररेटमा संशोधन गरेको नगर प्रमुख आतेशकुमार सिंह यादवले जानकारी दिए। 

प्रमुख यादवका अनुसार नगरपालिकाले कर दररेटमा संशोधनसहित आठवटा शीर्षकको कर मिनाहा गरी निःशुल्क गरेको छ। नगरपालिकाले एक सूचना जारी गरी जनतालाई सहुलियत हुने हिसाबले विभिन्न आठवटा शीर्षकमा कायम गरिएको कर मिनाहा गरेको जनाएको छ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार नागरिकता प्रमाण पत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाईसराई दर्ता, सम्वन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृती सिफारिस र स्वास्थ्य सम्बन्धी सिफारिस सेवा निःशुल्क गरिएको छ।

घटना भएको मितिले ३५ दिनभित्र घटना दर्ता नगरेमा नगरपालिकाको कार्यपालिका बैठकले छलफल गरी जरिवाना तोकिने जनाइएको छ। जिल्लाभरिका स्थानीय तहले विभिन्न शीर्षकमा कर बढाएको आलोचना भइरहेका बेला नगरपालिकाले भने कुनै पनि वस्तुमा कर नबढाएको दावी गरेको छ।


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.