श्रीराम सुगर मिलले ३१ करोड भुक्तानी गर्न बाँकी

श्रीराम सुगर मिलले ३१ करोड भुक्तानी गर्न बाँकी

गौर : जिल्ला प्रशासन कार्यालय रौतहटले श्रीराम सुगर मिल गरुडालाई किसानको बाँकी रहेको उखुको रकम भुक्तानीका लागि पहल गरिदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुरोध गरेको छ। नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्वअगावै उखुको बाँकी रकम भुक्तानी गर्न पहल गरिदिन श्रीराम सुगर मिललाई निर्देशनका लागि अनुरोध गरिएको हो।

गत आर्थिक वर्षमा मिलले खरिद गरेको उखु वापतको १४ करोड ५० लाख र अघिल्लो तीन आर्थिक वर्षको १६ करोड ५० लाख भुक्तानी बाँकी छ। रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले रकम भुक्तानी दिन मिल प्रशासनलाई निर्देशन दिएका हुन्। वर्षौंसम्म पनि करोडौं रकम भुक्तानी नभएको भन्दै निर्णयसहित निवेदन परेकाले चाडपर्वअगावै भुक्तान गर्न मन्त्रालयमा जिल्ला प्रशासनले अनुरोध गरेको हो। रिजालले मिलको स्थलगत अनुगमन गरी उद्योगका महाप्रबन्धक पिके झालाई मौखिक रूपमा समेत निर्देशन दिएका हुन्। जिल्ला प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, कर कार्यालय प्रतिनिधि, आन्तरिक राजस्व प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लगायतले मिलको अनुगमन गरेका थिए।

मिलका महाप्रबन्धक झाले भुक्तानीका लागि प्रयास भइरहेको जानकारी दिए। वर्षौंसम्म भुक्तानी नपाएको भन्दै किसानले आन्दोलन गर्दै आएका छन्। उखु नगदे बाली भनिए पनि उधारो दिनु परेको किसानको गुनासो छ। जिल्लाका करिब १४ हजार किसानले उखु खेती गर्दै आएका छन्। अधिकांश किसानको भुक्तानी बाँकी छ। चिनी मिलले किसानको रकम वर्षौंसम्म भुक्तानी नगर्दा किसान पीडित भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए। पटक पटक मिल प्रशासनबाट भुक्तानीको आश्वासन मात्रै पाउँदै आएको अध्यक्ष यादवको दुखेसो छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.