ठेकेदार हराएपछि सम्पदा निर्माण सुस्त

ठेकेदार हराएपछि सम्पदा निर्माण सुस्त

ललितपुर : ०७२ को भूकम्पले ललितपुरका एक सय ४४ वटा सम्पदामा क्षति पुगे पनि निर्माण कार्य सुस्त छ। करोडौंको ठेक्का लिएका ठेकेदारले काममा आलटाल गर्नु, पुरातात्विक सामग्रीको अभाव हुनु, कतिपय स्थानमा सुरक्षाको कारण देखाइनु र स्थानीयको चित्त नबुझ्नु पुनर्निर्माणमा विलम्बका कारण बनेका छन्।

३१ सम्पदामा पूर्ण क्षति भएको थियो। ६८ वटा आंशिक क्षति भएका थिए भने ४५ सम्पदामा सामान्य क्षति पुगेको थियो।काठमाडौं र भतmपुरको तुलनामा ललितपुरमा पुनर्निर्माण तीब्र भएको ललितपुरका मेयर चिरिबाबु महर्जनको दाबी छ। बिम्स्टेकमा नेपाल आएकी म्यानमारकी प्रथम महिलालाई सोही कारण पाटन दरबार क्षेत्र घुमाइएको थियो। दरबार हेरचाह तथा सम्पदा संरक्षण विभाग ललितपुरले विभिन्न कारण जिम्मा लिएका काममा पनि उल्लेखनीय उपलब्धी भएको पाइँदैन। यसको ज्वलन्त उदाहरण हो, बंगलामुखी स्थित ‘कुम्भेश्वर मन्दिर’।

दरबार हेरचाह तथा सम्पदा संरक्षण विभागका प्रमुख काजी प्याकुरेलका अनुसार कुम्भेश्वर मन्दिर निर्माणको काम २०७४ चैतमा सुरु गरी माघमा सम्पन्न गर्ने भनिएको थियो। तर आन्तरिक कलह, स्थानीयको विरोध, सुरक्षा चुनौति, पुरातात्विक सामानको अभाव, दक्ष कालीगढ नपाइनु जस्ता कारण देखाउँदै पुनर्निर्माणमा ढिलाइ भइरहेको जानकारी उनले दिए।

 यो मन्दिरको लागत दुई करोड रुपैयाँ छ। स्वोठस्थित ‘राधाकृष्ण मन्दिर’ को पनि हातल उस्तै छ। काठैकाठबाट बनेको यो मन्दिर चार करोड लगानीमा बन्ने भनिएको थियो। प्याकुरेलले मन्दिर निर्माणका जिम्मा लिएका ठेकेदार सम्पर्कमा नरहेको बताए। ठेकेदारले ४० लाख रकम बुझिसकेका छन्। ‘असारमा काम गरेजस्तो देखाएर फेरि सम्पर्कविहीन भएको छ’, उनले भने। विभागले पटक पटक सम्पर्कमा आउन आग्रह गर्दा पनि ठेकेदारले टेरपुच्छर नलगाएको उनको भनाइ छ।

विभागले बुङमतिमा रहेको ‘प्रथमपुर विहार’ र लगनखेल बटुकभैरव परिसरको ‘सत्तल’ मात्रै सम्पन्न गरेको छ। पटुको गणेश मन्दिर, पिलाछे गणेश मन्दिर, लुभुको महालक्ष्मी मन्दिरको सत्तल, बुङमतिको रातो मच्छिन्द्रनाथ, सुवाल गणेश मन्दिर, बुङमतिको कोठेबहाल लगायत निर्माणका जिम्मा लिएको छ। काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) ले भने ललितपुरमा करिब दर्जन सम्पदा पुनर्निर्माण सम्पन्न गरिसकेको छ।

ट्रस्टका कन्ट्री डाइरेक्टर रोहित रञ्जितकारका अनुसार पाटनका महत्वपूर्ण ‘विश्वेश्वरा’, ‘कृष्ण मन्दिर’ लगायत करिब १२ वटा मन्दिर निर्माणको काम सकिएको छ। ‘योगनरेन्द्र शालिक, भीमसेन स्तम्भ, बहादुर शाहको दरबार, दुईवटा तलेजु मन्दिर, सुन्दरी चोकको पूर्वी मोहडा, दुईवटा मणिमन्डल लगायत सम्पन्न भएका छन्’, उनले भने। सम्पदा संवेदनशील विषय भएकाले मनपरी किसिमले बनाउन नमिल्ने उनको तर्क छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.