निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दिलीपसिंह विष्ट रिहा

निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दिलीपसिंह विष्ट रिहा

कञ्चनपुर : यहाँकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट अन्ततः निर्दोष सावित हुँदै रिहा भएका छन् । 

निर्मलाको डिएनएको प्रोफाइल र दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि विष्टलाई जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयको राय सहमतिमा मंगलबार साधारण तारेखमा रिहा गरेको हो ।

‘निर्मलाको डिएनएको प्रोफाइलसँग दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि उनलाई साधारण तारेखमा रिहा गरिएको हो’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले भने ।

निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल बस्तु) मा रहेको बलात्कारीको डीनए र दिलीपसिंह विष्टको डीएनए फरक पाइएको हो । विधि विज्ञान प्रयोगशालाले दिलीपको डीएनए नमिलेको रिपोर्ट पठाएपछि उनी रिहा भएका हुन् । 

१३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले ४१ वर्षीय विस्टलाई गत ४ भदौमा घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो । मानसिक सन्तुलन समेत गुमाएका विस्टलाई पक्राउ गरेपछि कञ्चनपुरमा भएको प्रदर्शनमा एकजनाले ज्यान गुमाएका थिए । 

भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विस्टलाई पक्राउ गरेपछि घटना ढाकछोप गर्न मानसिक सन्तुलन गुमाएकोलाई बलिको बोको बनाउन खोजिएको भन्दै प्रदर्शनका क्रममा स्थानीय किशोर सनी खुन्ना मारिएका थिए । उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो । 

हाल निलम्बनमा रहेका तत्कालीन एसपी डिल्लीराज विस्ट कमाण्डको टोलीले दिलिपलाई नै मुख्य अभियुक्त भनेको थियो । उनलाई विगतमा पनि भेनाजुको हत्या गरेकाले प्रहरीले प्रमुख अभियुक्तका रुपमा पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेको थियो । 

भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया निर्मला गत साउन १० गतेदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएकी उनको शव भोलिपल्ट गाउँ नजिकैको उखुबारीमा नग्न अवस्थामा भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.