बलात्कारका अभियुक्त छुटाउन चक्काजाम, प्रहरीसँग झडपमा केही घाइते

बलात्कारका अभियुक्त छुटाउन चक्काजाम, प्रहरीसँग झडपमा केही घाइते

गौर : बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति निर्दोष रहेको भन्दै रिहा गराउन प्रहरी कार्यालय पुगेको समुह र प्रहरीबीच गरुडामा मंगलवार झडप भएको छ । निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै गढीमाई नगरपालिका–४ का करिब एकसय स्थानीयले गरुडा बजारमा मंगलवार दिउँसो चक्काजामसमेत गरेका छन् ।

उजुरीपछि प्रहरीले ३२ गरुडा १२ ख संकेत राखेर घटनाको अनुसन्धान सुरु गरेको छ । गरुडाको मेथुर चौक र इलाका प्रहरी कार्यालय अगाडि उनीहरुले सडक बन्द गरेकाथिए । प्रहरीले बल प्रयोग गरेर सडकमा गरिएको जाम खुलाएको छ । केहीबेर प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको थियो ।

झडपमा एक प्रहरी हवल्दार र सातजना स्थानीय सामान्य घाइते भएका छन् । प्रहरीले सहुद अन्सारी, अजय साह र अवुसैद अन्सारीलाई पक्राउ गरेको छ । एक १३ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा किटानी जाहेरी परेपछि गढीमाई नपा–३ का ५५ बर्षिय सहमत अन्सारीलाई सोमवार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रर्दशन उत्रिएका व्यक्तिहरुले ना.१ ज. ६१९२ नम्बरको म्याजिक भ्यान र प्रहरीको ना १ झ ५४२ नम्बरको भ्यानमा तोडफोड गरेका छन ।

भदौ २० गते गढीमाई नगरपालिका–३ गम्हरियाटोलकी बालिकालाई ५५ वर्षीय सहमद अन्सारीले करणी गरेको गाउँमा खुलेपछि गाउँमै छलफल गरीएको थियो । केही रकम दिएर घटना मिलाउने प्रयास भए पनि बालिकाका अभिभावकले आइतवार किटानी जाहेरी दिएका थिए । 

उजुरी परेपछि बालिकाको स्वास्थ्य परीक्षण गरी बलात्कारको आरोपमा पक्राउ परेका अन्सारीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । अन्सारी पक्षले भने उनी निर्दोष रहेको दाबी गरेको छ । बालिकाकी आमाले अन्सारीसँग ६ सय ५० रुपैयाँ लिएको सापट फिर्ता गर्न नमान्दा विवाद भएपछि बलात्कारको आरोप लगाएको बताएका छन । 

बालिका पक्षका व्यक्तिहरुले दुईजना महिलालाई दुव्र्यवहार गरेको भन्दै मंगलवार प्रहरीमा निवेदनसहित आएका थिए । प्रहरीले निवेदन दर्ता गर्न नमानेपछि प्रहरी र अन्सारीका समर्थकबीच विवाद भएको थियो ।

रौतहट प्रहरी प्रमुख केदार ढकालले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाको अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । 

बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि आरोपीलाई पक्राउ गरी कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.