उपाधिका लागि न्यु डायमन्ड र एपीएफ भिड्ने

उपाधिका लागि न्यु डायमन्ड र एपीएफ भिड्ने

पोखरा : राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी न्यु डायमन्ड एकेडेमी र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले चितवन टाइगर्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा न्यु डायमन्डले विदेशी खेलाडी सम्मिलित चितवनलाई पहिलो सेटमा २५-१८ को जित निकाल्यो । 

न्यु डायमन्डले दोस्रो सेटमा १७-२२ ले पछि परेको अवस्थालाई उल्टाउँदै २५-२३ को संघर्षपूर्ण जित निकाल्न सफल भयो । दोस्रो सेटमा पुनरागमन गरे पनि जित निकाल्न नसकेको चितवन टाइर्गस् अन्तिम सेटमा २५-१७ ले पराजित भयो । इन्द्रराज्यलक्ष्मी माविको भलिबल कोर्टमा भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले उपाधिका लागि न्यु डायमन्डसँगको भेट पक्का गर्‍यो ।

एपीएफले आर्मीलाई पहिलो सेटमा २५-२२, दोस्रो सेटमा २५-२० र तेस्रो सेटमा २५-२१ ले पराजित गर्‍यो । एपीएफको जितमा सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । बुधवार तेस्रो स्थानका लागि आर्मी र चितवन तथा फाइनल खेल न्यु डायमन्ड र एपीएफ क्लबबीच हुनेछ ।

तीज महोत्सवका अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ६५ हजार रुपैयाँसहित पाउनेछन् । प्रतियोगितामा पाँच टोली सहभागी छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.