विपन्न चेलीको 'माइतीघर' बन्यो इस्मा

विपन्न चेलीको 'माइतीघर' बन्यो इस्मा

गुल्मी : माइती घर नभएका विपन्न चेलीको इस्मा गाउँपालिका 'माइती घर' बनेको छ। आफूले किनेर दर खान नसक्ने विपन्न र दलित महिलालाई गाउँपालिकाले दर खुवाएको हो। गाउँका धेरै चेली दरखान र तीज मनाउन माइतीघर पुगेपनि विपन्नताकै कारण कतिपय चेलीलाई तीजले छोएको थिएन्। तर, गाउँपालिकाले माइत जान नपाएका चेलीलाई एकै थलोमा जुटाइ दिएपछि उनीहरु हर्षित भए। 

गाउँपालिकाको- ५ स्थित रजस्थलकी अनकला विक पाँचवर्ष अघि श्रीमानको मृत्युपछि घरमा एक्लै छिन् । ६० वर्षीया विकलाई चाडपर्व आउँदा प्रत्येक वर्ष विरानो अनुभव हुनेगर्छ। उनका छोरा छैनन्। छारीको विहे भइसक्यो। उनलाई दरको बारेमा जानकारी भएपनि घरमा किनेर खाने अवस्था छैन। 'न माइती छन्, न घरमा कोही छन्',उनले भनिन्, 'एक्लो जीवनलाई कसले साथ दिने ?'
 

उनीजस्तै गाउँकै मुना विकलाई पनि तीजको कुनै रौनक थिएन।उनी पनि माइतीघर नगएको वर्षौं भइसक्यो। आमाबीनाको माइतीघर विरानो हुने गरेको उनले सुनाइन्। पैसा नहुनेका लागि मेलापर्व खल्लो हुने गरेको उनको अनुभव छ। घरको आर्थिक अवस्था कमजोर भएका महिलालाई तीजजस्तै अरु चाडपर्व पनि खल्लो हुने बताए।

इस्मा गाउँपालिकाले विपन्न महिलाको पहिचान गरी सामूहिक दर खुवाउने कार्यक्रमको आयोजना गरेपछि धेरैको अनुहारमा खुसी छायो। यस गाउँपालिकामा धेरैजसो दलित समुदायको बाहुल्यता छ । झण्डै ८० जना विपन्न दलित महिलालाई दर खुवाइएको उपाध्यक्ष विमला केसीले बताइन्। दलित समुदायको गाउँ डाँडीपोखरीमा गएर दरखाने कार्यक्रम गरिएको उनले बताइन्।'दरसँगै  नाचगान गरी रमाइलो गरियो', केसीले भनिन्, 'माइतीघर टाढा हुने महिलालाई गाउँपालिका अभिभावक बन्यो।'

यस्ताखाले कार्यक्रमले महिलालाई नजिकको सामिप्यता गास्ने उनको बुझाई छ। दलित वर्गको समुदायमा सामूहिक दरखाने कार्यक्रम गरेर जातीय छुवाछुतलाई समेत अन्त्य गर्ने सन्देश दिन खोजिएको केसीले बताइन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.