सीमा गडबडीबारे प्रधानमन्त्रीको चासो, भने : ऐतिहासिक तथ्य नभुल्नू
काठमाडौँ : प्रधानमन्त्री मन्त्री केपी शर्माले ऐतिहासिक तथ्य र नक्साको आधारमा सीमा निर्धारण गर्न निर्देशन दिएका छन् । नेपाल-भारतको सिमानामा समस्या देखिएकोबारे चासो राख्दै प्रधानमन्त्रीले प्राप्त ऐतिहासिक तथ्य र नक्साको आधारमा सीमा निर्धारण गर्न दिएका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल-भारत सीमासम्बन्धी तीन घण्टा लामो बैठकमा ओलीले राष्ट्रिय हितमा केन्द्रित रहेर सीमा निर्धारण अगाडि बढाउन निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
‘जे जस्तो अवस्था छ, यथास्थिति कायम राख्ने, जसले जता उपभोग गरेका छन् गर्न दिनु’ प्रधानमन्त्री आलीलाई उधृत गर्दै ज्ञवालीले भने ।
बैठकमा नेपाल-भारतको सीमाना निर्धारणमा नदीनाला बाधक देखिएका प्राविधिकले अवगत गराएका थिए । ‘कति सीमा स्तम्भ हराएका छन्, नदीले धार परिवर्तन गरेका कारण सीमा एकीन गर्न कठिनाइ भइरहेको छ,’ नापी विभागका महानिर्देश गणेशप्रसाद भट्टले भने ।
असोज ३, ४ र ५ गते अन्तर्राष्ट्रिय सीमा अध्ययन गरेर काम गर्ने नेपाल भारतका प्राविधिक टोली ‘बाउन्ड्री वर्किङ ग्रुप (बीडब्ल्यूजी)’को बैठक बस्दैछ । बीडब्ल्यूजीको बैठको पुर्वसन्ध्यामा प्रधानमन्त्री निवासमा भएको बैठकमा नापी विभागको टोलीले सीमा निर्धारणमा देखिएका समस्याबारे प्रमलाई अवगत गराएका थिए ।
चारवटा प्राविधिक टोली बनाएर ४ वर्षदेखि सीमा निर्धारणको काम चलिरहेको छ । बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नापी विभागका महानर्दिशक गणेशप्रसाद भट्ट र उपमहानिर्देशक सुरेशमान श्रेष्ठ लगायत प्राविधिक टोलीको उपस्थिति थियो ।