७० वर्षीया वृद्धा बलात्कार आरोपित पक्राउ
पोखरा : सत्तरी वर्षीया वृद्धा बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा ३१ का ४५ वर्षे रेवतीरमण पाण्डेलाई पक्रेको छ।
बुधबार वृद्धामाथि यौन सम्बन्ध राखिरहेको अर्र्कैले देखेपछि भागेका उनलाई तनहुँको आँबुखैरनीबाट बिहीबार प्रहरीले समातेको हो।
ती वृद्धा र पाण्डे वेगनास तालनजिकै एकैघरका डेरावाल हुन्।वृद्धाका छोरा बजार र बुहारी माइत गएको समयमा पाण्डेले बलात्कार गरेको आरोप छ।